Logo

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी नै किन ?

हिले नेपालमा संसारभरिका ७३ वटा देशबाट एन.आर.एन प्रतिनिधिहरू एन.आर.एन.हरुको सबै भन्दा ठूलो जमघटमा भेला भएका छन् । एनआरएनए निर्वाचन समितिका अनुसार यस पटकको सम्मेलनमा करिब २५ सय भन्दा बढी डेलिगेट्सहरु हुनेछन् यसपालिको जमघटले २ वर्ष अघिकोभन्दा बढी महत्व बोकेको छ किनभने शेष घलेको २ कार्यकाल सकिएर यसपालि नयाँ नेतृत्वको चयन हुँदैछ । अमेरिकाबाट खगेन्द्र जी.सी जस्ता दिग्गजदेखि जापानबाट भवन भट्ट जस्ता उद्धमी र समाजसेवीहरु विभिन्न पदमा लड्दैछन् । पुरानो तरिकाबाट चलिरहेको एन.आर.एन.ए. लाई नयाँ तरिका बाट चलाउन सक्ने खुबी भएका केही आशालाग्दा अनुहारहरु उम्मेदवारको रुपमा देखिएका छन् । यस्तामध्ये एक अनुहार हुन् जापानका नेपाली उद्धमी अनि समाजसेवी भवन भट्ट, जो अबको एन.आर.एन.ए को अध्यक्षको पदमा लड्दैछन् । एन.आर.एन.ए. ले पहिलोपटक युवा नेतृत्व पाउने अवसर आएको छ । जसको कारण नेपालमा परिवर्तनको एउटा आशा पलाएको छ । 

 को हुन् भवन भट्ट ?

२० बर्षअघि गोर्खाबाट उच्च अध्ययनका लागि जापान गएका भवन भट्ट हाल जापानमा मात्र होईन नेपालमा पनि एक सफल युवा व्यवसायीका रुपमा स्थापित भएका छन् । सन् १९९७ मा २१ बर्षको उमेरमा टोखाई विश्वविध्यालयमा अध्ययका लागि जापान गएका भट्ट अथक मेहनत र संघर्षको फल मिठो हुन्छ भन्ने प्रतिनिधि पात्र हुन् । भट्टको हाल जापानमा मात्रै २९० होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने हाल नेपालमा पनि टिबिआई समुहको अध्यक्ष हुन् । टिबिआई समुहले नेपालमा सञ्चार,शिक्षा,पर्यटन,पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैंया लगानी गरिसकेको छ ।

“कारोबार दैनिक”,युनाईटेड ब्रुअरी,बिबी एअरवेज,धुलिखेल माउन्टेन रिसोर्ट,लिवर्टी कलेज,काठमाण्डौं हेटौंडा सुरुङमार्ग लगायत २३ वटा नेपाली संस्थामा उनको लगानी रहेको छ । ‘एकपटकको नेपाली सधैंको नेपाली ‘ भन्ने नारालाई आत्मसात गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् । बि.सं. २०७२ मा भुकम्प गएको दुई घण्टापछि नै एक करोड रुपियाँ पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भुकम्प पीडितका लागि राहत तथा उद्धारमा गैर आवासिय नेपाली संघ (एनआरएन) को ठूलो सहयोग नेपाल भित्रिएको थियो । भट्ट जापानका एक सफल युवा व्यवसायी हुन् । उनि एनआरएनको स्थापनाालदेखि नै नेपालीको हक हितमा समर्पित छन् ।

  भवन भट्टलाई नै जिताउने किन ?

१. अध्यक्षमा राष्ट्रिय च्याप्टरको भूमिकाबाट पहिलो उम्मेदवार

अहिलेसम्म एन.आर.एन.ए.को अध्यक्षमा उपेन्द्र महतो देखि शेष घले सम्म कोही पनि “च्याप्टर” को भूमिकाबाट आएका छैनन् । यसपालिको चुनाव जिते भने भवन भट्ट “राष्ट्रिय च्याप्टर” को अध्यक्ष भएर “अन्तराष्ट्रिय एन.आर.एन.ए” को अध्यक्ष हुने पहिलो व्यक्ति हुनेछन् ,यो चानचुने कुरा होइन , यो एउटा इतिहास हुनेछ , एउटा नयाँ अध्यायको सुरुवात हुनेछ , पहिलोचोटी फेदैबाट आएको नेतृत्वले एन.आर.एन.ए हाँक्ने छ,च्याप्टरहरुको “अलंकारिक” जीत हुनेछ , च्याप्टर नेतृत्वहरुमा हौसला बढ्ने छ ।

२. “बटम-अप अप्रोच” को प्रश्रय

भवन भट्ट आफै च्याप्टरबाट आएकाले उनले च्याप्टरहरुलाई प्राथमिकतामा राखी प्रभावकारी बनाउन पहल गर्न सक्नेछन् । राष्ट्रिय तथा स्टेट च्याप्टरहरुको सल्लाह-सुझाव समेटी योजना कोर्ने तथा कार्यान्वयन गर्न सक्नेछन् । “टप-डाउन” को साटो “बटम-उप” अप्रोचलाई प्रश्रय दिन सक्नेछन् । यसले साँच्चिकै संसारभरिका ७३ वटा च्याप्टरहरुमा नयाँ लहर अनि जोश/जाँगर ल्याउने छ। यसले एन.आर.एन.ए. लाई बलियो बनाउनेछ ।

३. व्यक्ति हैन पद्दतिको बढावा

 भवन भट्ट साँच्चिकै व्यक्तिभन्दा पद्दतिलाई बढावा दिने मान्छे मानिन्छन्  ,यसमा उनी इमान्दार छन् । एउटा उदाहरण के भने उनी आफै एक सफल धनी उद्धमी भएर पनि एन.आर.एन.ए. लाई धनी भन्दा पनि कसरी सक्षम नेतृत्व आउन सक्ने प्रणाली बनाउन सकिन्छ भन्ने ध्याउन्नमा उनी छन् । एन.आर.एन.ए.मा एउटा कोष खडा गरी निर्वाचन लड्न चाहने उम्मेदवारहरुलाई निर्वाचन खर्च दिई लड्नलाई “आर्थिक तगारो” हटाउने तथा निर्वाचित उम्मेदवारमध्ये बढी घुम-घाम र भेटघाट गर्नु पर्ने पधाधिकारिहरुको खर्च सोही कोषबाट बेहोर्ने तरिकाको परिकल्पना उनले गरेका छन्  । त्यसको लागि कडाइका साथ खर्च “अडिट” गर्ने र “आचार-संहिता” निर्माण गरी लागू गर्ने सोच उनले  पनि बनाएका  छन् ।

४. एन.आर.एन.ले गर्नु पर्ने उदाहरणिय कामका धनी

उनी एन.आर.एन. जापानका अध्यक्ष हुँदा धेरै उदाहरणिय काम गरी जापानमा एउटा राम्रो परिपाटी बसालेका छन् । नेपाली समाजलाई संगठित गरी “गुणस्तरीय” एन.आर.एन आई.डी. कार्ड लागू गर्ने काम गरेका छन्। सो कार्डले नेपालीहरूको विभिन्न रेस्टुराँ देखि ग्रोसरी स्टोरमा ५ % देखि २०% सम्म छुट पाउने हुनाले “एन.आर.एन. सदस्य” बन्दा वर्षमा $२०० देखि $२००० सम्म सजिलै बचाउन सकिने छ । यस्तो आइडियाले पनि मानिसहरू “एन.आर.एन. सदस्य” बन्न आकर्षित हुनेछन् । हालसालै एन.आर.एन जापानले “त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल” मा २४ वटा जति आअधुनिक सौचालय निर्माण तथा मर्मत-सम्भार गर्ने जिम्मा लिएको छ । यस्तो उदाहरणिय काम गर्न विभाजीत समाजले गर्न सक्दैन । एन.आर.एन. जापानले साँच्चै संगठित भएर एन.आर.एन. ले के गर्नु पर्ने हो गरेर देखाएको छ । 

५. अहिलेका राम्रा कामहरूको निरन्तरता

भवन भट्टले हालका र पहिलेका नेतृत्वले शुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् –

(१) गोर्खाको लाप्राकमा भूकम्प-पीडितको लागी घर बनाउने योजना ।

(२) एन.आर.एन भवनको निर्माण ।

(३) विजन २०-२० र सामूहिक लगानी।

साथै उनले थप दोलखामा भूकम्प-पीडितको लागी घर बनाउने योजना, वैदेशिक रोजगारीमा गएका खाडीदेखि अमेरिकासम्मका नेपालीहरूको बिमा, साना तर रचनात्मक उद्धमिहरुको लागी सहयोग गर्ने ‘स्टार्ट-अप” फण्ड, तथा प्रविधियुक्त “स्मार्ट एन. आर.एन.” बनाउने योजनाहरू अघि सरेका छन् ।

  Deepsikha Sharma

 [email protected]

प्रकाशित मिति, २०७४ साल आश्विन २८ गते, शनिवार

 

प्रतिक्रिया दिनुहोस्