Logo

अनुहार चम्काउन घरमै गर्न सकिन्छ यी काम

नुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटी पार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुलेपनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।  जसले अनुहार चम्काउन  मद्दत गर्छ ।

एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४ र ५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ । दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ । डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने । अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ । काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ । अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

 प्रकाशित मिति, २०७४ साल आश्विन २५ गते, बुधबार  

प्रतिक्रिया दिनुहोस्