Logo

एनआरएनको चुनावी सरगर्मी शुरु,महासचिव पदमा डा. केशव पौडेलको दावेदारी

दिपेन्द्र ढकाल,दस्तावेज संवाददाता,आश्विन २२ गते आइतबार, २०७४– गैर आवासीय नेपाली संघ एनआरएन युएसएको अध्यक्ष पदमा रहनुभएका डा. केशव पौडेल आगामी अक्टोबरको १४ देखि १७ तारिखसम्म काठमाडौँको हायात रिजेन्सी होटेलमा हुने सातौँ ग्लोबल सम्मेलनमा भागलिन हिजोराती काठमाण्डौँ आईसक्नुभएको छ ।

 

उक्त अवसरमा  सफल व्यवसायी एवं चलचित्र निर्माता श्री प्रेम प्रसाद पौडेल,नायक बिक्रान्त बस्नेत,बाल कलाकार कन्चन ठकुरी,चलचित्र निर्माण नियन्त्रक बिक्रम पण्डित ,राजु ठकुरी लगायत बिभिन्न देशबाट स्वदेश फर्केका गैर आवासिय नेपालीहरुको जम्बो टोलीले  उहाँलाई त्रिभुवन विमानस्थलमा पुष्पमाला र खादा लगाएर भव्य स्वागत गरेको थियो ।  आफ्नो प्यारो जन्भूमीमा टेक्न पाउँदा आफू निकै उत्साहित भएको उहाँले बताउनुभयो । सो अवसरमा डा. केशव पौडेलसँगै नेप्लीज टेक्सास सोसाईटीका अध्यक्ष कृष्ण लामिछाने र समाजसेवी श्री पराजुलीलाई समेत स्वागत गरिएको थियो । 

पेशाले चिकित्सक डा. केशव पौडेल अमेरिकाको जोन्सन सिटीमा पर्ने एक प्रतिष्ठीत अस्पताल युनाईटेड हस्पिटलमा बरिष्ट मुटु बिषेषज्ञको रूपमा कार्यरत हुनुहुन्छ । तनहुँ जिल्लामा जन्मेर हाल चिकिसा क्षेत्रमा १५ बर्षको लामो अनुभव बटुल्नुभएका डा. केशव पौडेल हाल एनआरएन आईसीसीको महासचिव पदको दावेदार हुनुहुन्छ ।

पौडेलले दुई बर्षे कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएको छ । विभिन्न सामाजिक कार्य गर्दे आउनुभएका सामाजिक अभियन्ता श्री पौडेल विजयको माला पहिरिन नपाउदै पौडेल नेपाल गएर भूकम्प पीडितहरुको सेवामा निरन्तर लागि पर्नुभएको थियो । उहाँको कार्यकालमा नेपालका राजनीतिक पार्टीहरुका आधिकारिक संस्थाहरू जनसम्पर्क समिति र प्रवासी मञ्चको ईन्डोर्समा मध्ये कुनै एउटाकोमा पर्छन् की भन्ने ठुलो डर थियो ।  तर आजसम्म उहाँको कार्यकालले निष्पक्ष रुपमा काम गरिरहेको छ ।  

 मिडियामा आएका चर्को बहस अड्कलबाजी र भ्रमहरुलाई चिर्दै डाक्टर पौडेलको टिम स्वतन्त्र व्यवसायी, विचारक र समाजसेवीहरुको पक्षमा उभिएको थियो । शालीन, भद्र एवं नम्र व्यक्तिहरूको सूचिमा पर्न सफल उहाँले हालसम्म एउटा पनि विवादित काम गर्नु भएको पाइएको छैन । नेपालदेखी गर्दे आउनुभएको उहाँको सामाजिक कार्य अमेरिकामा पनि उत्तिकै सबल रहेको छ । 

 प्रखर वक्ता डा. पौडेलको नेतृत्वमा रहेको संस्थाले समाज सेवाका काममा मात्र संलग्न आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । पेशाले डाक्टरको रूपमा कार्यरत श्री पौडेल एक प्रतिष्ठित सामाजिक अभियन्ता हुनुहुन्छ भन्नुमा दुइमत नहोला । एनआरएनएको बिभिन्न प्रोजेक्टमा काम गर्नभएको डा. पौडेल महाभूकम्पमा होस् या बाढि/पहिरो उद्धारमा होस्, चाहे एनआरएनएमा आर्थिक रूपमा ठुलो दान दिनेमध्यमा मात्र होइन आफै पनि फिल्डमा गएर रचनात्मक काम गरी जनताको मनजित्न सफल हुनुभएको छ।

एनआरएनए निर्वाचन समितिका अनुसार यस पटकको सम्मेलनमा करिब २५ सय भन्दा बढी डेलिगेट्सहरु हुनेछन् भने अमेरिकाबाट एकसय ७१ जना प्रतिनिधि सहभागी हुनेछन् । एनआरएनको नयाँ कार्य समिति चयन गरिने यस आठौँ विश्व सम्मेलन तथा केन्द्रीय महाधिवेशन लागि विभिन्न देशबाट कार्यक्रममा भाग लिन आउनेहरुलाई दर्ताका लागि आव्हाहन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्