Logo

मानव शरीरले समय कसरी बताउँछ भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकलाई नोबेल पुरस्कारको घोषणा

                     नोवल पुरस्कार बिजेताहरु क्रमश: जेफ्री हल, माइकल रोसबास र माइकल योङ

स्तावेज,आश्विन १६  सोमवार ,२०७४ – चिकित्सा विज्ञान तर्फको यस वर्ष (सन् २०१७) को नोबेफ पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकले पाउने भएका छन् ।मानव शरीरले समय कसरी बताउँछ भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिक जेफ्री हल, माइकल रोसबास र माइकल योङलाई संयुक्त रूपमा फिजियोलोजी तथा चिकित्सा विज्ञान तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबेल पुरस्कार कमिटिले जनाएको छ ।

ती तीन वैज्ञानिकले फलफूलका झिंगाको ‘अग्र्यानिज्म’लाई नमूना बनाएर मानव शरीरको जैविक घडीको लय नियन्त्रण गर्ने वंशाणुमाथि गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हल, रोबास र योङलाई ‘मोलेक्युलर मेकानिज्म कन्ट्रोलिङ द सर्काडियन रिद्म’का लागि दिइएको सोमबार नोबेल पुरस्कार समितिले जनाएको हो।

समितिका अनुसार उनीहरूले फलफूलमा लाग्ने झिंगाको जैविक क्रियाकलापलाई नमुना बनाएर हाम्रो शरीरको दैनिक जैविक घडी वा लय नियन्त्रण गर्ने वंशाणु (जिन) पहिल्याउन सफल भएका छन्। अनुसन्धानमा जैविक घडी नियन्त्रण गर्ने वंशाणुमा रहेको प्रोटिन राति कोषमा संग्रह हुने र दिउँसो घट्ने पत्ता लागेको थियो।

तीन वैज्ञानिकको खोज मानव स्वास्थ्य र विकासका लागि महत्वपूर्ण तथा उपयोगी रहेको कमिटिले उल्लेख गरेको छ ।मानिससहित वनस्पति, जीवजन्तु र फङ्गाइमा रहेक सेकेण्डको असर रहने वैज्ञानिकले बताएका छन् । पृथ्वीको परिवर्तनसँग मानव, पशु र वनस्पतिले कसरी जैविक संगती कायम गर्छन् भन्ने कुरा तीन वैज्ञानिकले गरेका हुन् । 

 

सबै वनस्पति तथा प्राणीमा हुने ‘सर्काडियन रिद्म’ जसलाई जैविक घडी पनि भनिन्छ, ले सबैको सुत्ने, बानी व्यहोरा, हर्मोन स्तर, शरीरको तापक्रम र पाचनक्रियामा प्रभाव पर्छ। बर्सेनि नोबेल पुरस्कार घोषणा हुँदा सबैभन्दा पहिले चिकित्सातर्फको पुरस्कार घोषणा हुने गर्छ । यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फका पुरस्कार घोषणा गरिनेछ।

नोबेल पुरस्कारको रकम ११ लाख अमेरिकी डलर छ । सन् १९४५ मा न्युयोर्कमा जन्मेका जेफरी सि हलले सन् १९७१ मा सियाटलको वासिङटन विश्वविध्यालयबाट विध्यावारिधि गरेका हुन् । माइकल रोबास भने सन् १९४४ मा कान्सासमा जन्मिएका हुन् । उनले क्याम्ब्रिजको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट सन् १९७० मा विध्यावारिधि गरेका थिए भने सन् १९४९ मा मयामीमा जन्मेका माइकल डब्ल्यु योङले सन् १९७५ मा अस्टिनको टेक्सास विश्वविध्यालयबाट विध्यावारिधि गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्