Logo

दसैं-तिहारको उपलक्ष्यमा नेपाल टेलिकमले दियो ग्राहकहरूलाई भारी छुट

स्तावेज संवाददाता आश्विन ६ गते, शुक्रबार,२०७४,काठमाडौं – नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विगत वर्षजस्तै यस वर्षपनि कम्पनीका विभिन्न सेवामा छुट उपलब्ध गराएको छ। टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा बिहीबारबाट १० गतेसम्म ५०, सय, दुई सय, पाँच सय र हजारको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ।

त्यसैगरी १० रुपैयाँ र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ। त्यस्तै युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिनेछ।

त्यसैगरी ६० रुपैयाँमा पाँच सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ। यसका साथै जीएसएम तथा सीडीएमए प्रिपेड-पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, पाँचवटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ।

यो प्याकेज २४ घन्टाभित्र प्रयोग गरिसक्नु पर्नेछ। त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिनका लागि उपलब्ध हुनेछ।

५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँच दिन, एक सय रुपैयाँमा एक सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र तीन सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्