Logo

सन्दर्भ दशैं – आमालाई पत्र

“दशैँको पूर्व सन्ध्यामा झन्डै एकदशक पूर्व बाबा र हजुरको आशीर्वाद थापेर पल्टन छिरेदेखी दुर्भाग्य नै भनौं हरेक वर्षको दशैँ त्यही एक दशकको दशैँको यादमै बितेको छ । आँगनीमा थापेको लिङ्गेपिङ्ग आधारातमा ब्युँझेर पनि खेलिन्थ्यो । हजुरको स्नेह ,ममता, आशीर्वाद र मार्गदर्शन नै मेरा हरेक सफलताको कारण हुन् । मेरा हरेक राम्रा पक्ष हजुरहरुबाट पाएको ज्ञानको उपज हो । यतिबेला हाम्रो गाउँघर कति रमाइलो भयो होला कल्पना शिवाय म सँग अरू विकल्प नै रहेन अब । चाडपर्व आँगनमै आईपुगेको छ । गाउँका लाहुरेहरु पल्टनको कोशेली बाँड्दै आउँदा त्यो मन कसरी सम्हालेर बस्नुभएको होला झल्झली मलाई सम्झिनुहुन्छ होला हजुरको काखमा बिताउने सौभाग्य मिलेका ती रमाइला पल आज मेरो जिउने सहारा बनेको छ आमा !”

              -अमन ‘एकल’ 

पुजनिय आमा ! सेवा ढोग !!

जिन्दगीमा एउटा चाह पूरा गर्ने बाहानामा कयौँ खुशी र चाहनाको बलि दिनुपर्ने रहेछ । जीवनको एक सत्य पहिल्याउन कयौँ जिन्दगीले अस्तित्वहिन बन्नुपर्ने रहेछ, कयौँ स्वप्निल जगत नै भताभुङ्ग पारेपछि बल्ल एउटा सपना अर्धसाकार हुँदोरहेछ । जीवन जीवन जस्तो नै नभएपछि मुग्लिन नारायणगढ सडकखण्ड जस्तो हुँदोरहेछ जिन्दगानी ! कतिबेला मुटुको कुन कुनामा पहिरो जान्छ र रोकिन्छ धड्कन अनिश्चितकालका लागि पत्तै नहुने । सुर्योदयको चाह सबैलाई हुन्छ कालो अत्यासीलो रात चिर्ने बिहानीको प्रतीक्षामै जीवन रित्तिँदोरहेछ ।आँसुका असंख्य भेलहरु किनारा लगाउँदा लगाउँदै एक झुल्को मुस्कानको किरणको आभास हुनुपुर्व नै सकिँदोरहेछ जिन्दगी ।

दशैँको पूर्व सन्ध्यामा झन्डै एकदशक पूर्व बाबा र हजुरको आशीर्वाद थापेर पल्टन छिरेदेखी दुर्भाग्य नै भनौं हरेक वर्षको दशैँ त्यही एक दशकको दशैँको यादमै बितेको छ । आँगनीमा थापेको लिङ्गेपिङ्ग आधारातमा ब्युँझेर पनि खेलिन्थ्यो । हजुरको स्नेह ,ममता, आशीर्वाद र मार्गदर्शन नै मेरा हरेक सफलताको कारण हुन् । मेरा हरेक राम्रा पक्ष हजुरहरुबाट पाएको ज्ञानको उपज हो ।
यतिबेला हाम्रो गाउँघर कति रमाइलो भयो होला कल्पना शिवाय म सँग अरू विकल्प नै रहेन अब । चाडपर्व आँगनमै आईपुगेको छ । गाउँका लाहुरेहरु पल्टनको कोशेली बाँड्दै आउँदा त्यो मन कसरी सम्हालेर बस्नुभएको होला झल्झली मलाई सम्झिनुहुन्छ होला हजुरको काखमा बिताउने सौभाग्य मिलेका ती रमाइला पल आज मेरो जिउने सहारा बनेको छ आमा !

निरन्तर परिरहेको झरीले आँगनीमा हजुरको गाली खाँदै रुझेको त्यही कल्कलाउदो छोरो याद दिलाउँछ रे! चर्को घामले घुम ओढेर हिडेको त्यही छुनुमुनु जिद्दी गर्ने छोरो सम्झाउँछ रे ! कहिलेकाहीँ एक्लै पिँढीको डिलमा आँसुका सागर सँगै यादका अनेकौँ बारातहरुको स्वागत गर्नुहुन्छ रे ! मेरी आमा ! खुकुरी धारमा राखिएको अचानो गर्धन , पीडा र रोदन सँग गरिएको सम्झौता , एक चम्ची नुन र खबुस सँग गरिएको साझेदारी , युग परिवर्तन गर्ने सोच प्रवासमा रक्तपसिनाले मरुभूमिको बालुवा सिंच्दै ओइलाउने तरखरमा छ आज । म मेरो हाल के छ भनेर बताउँ हजुरलाई ?

अघिल्लो वर्षको दशैँकै मुखमा सँगै सुतेको साथी बिहान उठ्दा सदाको लागि निदाएको थियो। आज पनि त्यो कारुणिक पलले निक्कै चिथोरेकोछ । मिठा स्वप्ना बुन्दै निदाएको सहयात्रीले आधा जीवन मुग्लानलाई सुम्पेर मरण पनि उसैलाई उपहार देला भन्ने कल्पन पनि सक्दिनथेँ । सत्य तितो हुन्छ भन्थे त्यस्तै भयो।

नालायक सरकार र व्यापारी अन्तर्राष्ट्रिय संघ संस्थाहरूले मुखमात्रै चलाउछन् । काम सिन्को नभाँचेपछी सहकर्मी र दयालु मनहरुको आर्थिक सहयोगमा आफैँले अनेकौँ पहल गरेर एउटी आमालाई अमूल्य तर निकै पीडाको उपहार कफन पठाएको पल सम्झिन्छु ।

जिन्दगीमा एउटा चाह पूरा गर्ने बाहानामा कयौँ खुशी र चाहनाको बलि दिनुपर्ने रहेछ । जीवनको एक सत्य पहिल्याउन कयौँ जिन्दगीले अस्तित्वहिन बन्नुपर्ने रहेछ, कयौँ स्वप्निल जगत नै भताभुङ्ग पारेपछि बल्ल एउटा सपना अर्धसाकार हुँदोरहेछ । जीवन जीवन जस्तो नै नभएपछि मुग्लिन नारायणगढ सडकखण्ड जस्तो हुँदोरहेछ जिन्दगानी ! कतिबेला मुटुको कुन कुनामा पहिरो जान्छ र रोकिन्छ धड्कन अनिश्चितकालका लागि पत्तै नहुने । सुर्योदयको चाह सबैलाई हुन्छ कालो अत्यासीलो रात चिर्ने बिहानीको प्रतीक्षामै जीवन रित्तिँदोरहेछ ।आँसुका असंख्य भेलहरु किनारा लगाउँदा लगाउँदै एक झुल्को मुस्कानको किरणको आभास हुनुपुर्व नै सकिँदोरहेछ जिन्दगी । 

दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युरोप तथा खाडी मुलुकबाट होनहार नेपालीको शव भित्रिन्छ यो हामी सबै नेपाली अझ भनौं प्रवासी र प्रवासीका आफन्तका निम्ति निकै ठुलो बज्र हो । थाहा छैन कुनैदिन म स्वयम् त्यो बाकसमा फर्किन सक्छु ! समय र भाग्यको के भरोसा छ र आमा ! अरुबेला जे जस्तो परेनी चाडपर्वको आसपासमा चैँ केही नहोस् भगवान भनेको छु । कहाँ थिएँ, आज कहाँ आईपुगेको छु । जीवनमा दैव लागेर ओरालो लागेको बेला बाध्यताले पनि लगारिरहेको छ । अवसर खोज्दै भौँतारिँदा पराजय र बाधाहरु यतै डेरा जमाउछन् अनि कहाँ मिल्छ सफलता कहाँ चुमिन्छ र लक्ष्य ?

झम्के साँझमा छोरो टुप्लुक्क आईपुग्छ कि भनेर नजरहरु घरी पारीपाखा तिर त घरी चौतारीमा पुगेका होलान् । कालो रातले घप्लक्कै छोपिसक्दा नि नजरले गोरेटो पछ्याउन नछाड्लान् । आधी रातमा भैंसीले दाम्लो चुडाएर हिडोस् या बिरालोले भाँडाकुडा खसालोस् या त गाउँमा कुकुर नै भुकोस् छोरा नै आयो भन्ने लाग्ला तर कति मिथ्या भएको छ हजुरको चाहना त्यो सबैको दोषी म नै हुँ आमा ! देशमा चाडपर्वले छपक्कै छोपेको बेला म मरुभूमिमा एक दानो अन्न र एक बुँद पानीको खातिर छट्पटाईरहेको छु। थाह छैन अझै कहिले सम्म चल्छ यो रित ।

सम्झनाले परेलीमा खहरे उरालेकै होलान् ! उर्लिदा खहरेहरुले परेलीका बाँध नाघ्दै गालाका फाँटहरुमा हिलोले खाएका खिरिला औंलाहरु र झुत्रे मझेत्रोले जति नै पन्छाउन खोजेपनी यादैयादले पल पल फुट्ने भक्कानोले अनेकौँ प्रयासलाई विफल पारिदिएका होलान् ! ती नयनबाट वर्षेका मोतिदाना टप्प टिपेर शिरमा सजाउने मेरो बाचा अधुरो नै रह्यो आमा ! हजुरको मोति झैँ चम्किलो मुहारमा सुख र खुसीको मुस्कानले भर्ने बाचा चाउरी पर्दासम्म पनि पूरा गर्न सकेको छैन खै अब नि पूरा गर्न सक्छु झैँ लागेको छैन । शरीरमा एकमुठ्ठी प्राण रहेसम्म अथक प्रयास जारी नै रहनेछ ।

दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युरोप तथा खाडी मुलुकबाट होनहार नेपालीको शव भित्रिन्छ यो हामी सबै नेपाली अझ भनौं प्रवासी र प्रवासीका आफन्तका निम्ति निकै ठुलो बज्र हो । थाहा छैन कुनैदिन म स्वयम् त्यो बाकसमा फर्किन सक्छु ! समय र भाग्यको के भरोसा छ र आमा ! अरुबेला जे जस्तो परेनी चाडपर्वको आसपासमा चैँ केही नहोस् भगवान भनेको छु । कहाँ थिएँ, आज कहाँ आईपुगेको छु । जीवनमा दैव लागेर ओरालो लागेको बेला बाध्यताले पनि लगारिरहेको छ । अवसर खोज्दै भौँतारिँदा पराजय र बाधाहरु यतै डेरा जमाउछन् अनि कहाँ मिल्छ सफलता कहाँ चुमिन्छ र लक्ष्य ?

ढकमक्क बाग अनेकौँ प्रजातीका पुष्पले सजिए पनि आखिर गुलाफको महत्त्व कहिल्यै कमी हुँदन। हजुरको सामीप्यता भन्दा हजारौँ कोश टाढा जति नै खुशी र सुखी छु भनेपनी मनले त्यही काख र सामिप्यता खोजिरहन्छ ,न्यास्रीरहन्छ हजुरहरुको सामिप्यताको अभावमा । कामको थकानले बिश्राममा रक्तपिपासु उडुसका राज चलेको बिछ्याउनामा बेपर्वाह निन्द्रादेबीलाई मनाउने असफल प्रयासमा यादले अनवरत सताईरहन्छ ! कामको ब्यस्ततामा बितेको दिन सुर्यास्त सँगै यादका बारातहरुको आगमन अधिक हुन्छ र भत्काईदिन्छ निन्द्रादेबी सँगको सम्झौतामा चलिरहेको वार्ता ।

हजुरको चाहना र मेरै लक्ष्य अनुरूपको देश सेवाको नोकरी जिम्मेवारी र अभावको चपेटामा रुमल्लिँदा छोडेर सरकार सँग राहदानी खरिद गरी आफ्नै पैसामा बेचिएको पनि दशक हुन लागेछ न देशमा हुँदा साथ रहन सकेँ न प्रवासमा हुँदा नै । एकसरो चोली र धोतिमा वर्ष कट्थे हजुरको यो दशैँमा त एकथान नयाँ कपडा किनिदिउँला भनेको छेपारोको कथा भएको छ बर्षौ बिते हजुरका कुनैपनी चाह पूरा गर्न सकिन न साथमा हुन सकेँ न सुख र खुशी दिन नै।

मैनबत्तीले आफू रहेसम्म आफैँ जलेर अरूलाई उज्यालो छरेझै हरेक आमाले हर परिस्थितिको सामना गरेर जीवनको अन्त्य सम्म सन्तानको खुशी चाहन्छिन् । संसारमा आमाबाबु भन्दा ठुलो भगवान अरुकोही हुन सक्ला र ? ……….. आमा ! त्यसैले त हो हजुरले सदैव पुज्ने दैवमाथी मलाई विश्वास नलागेको । हुनत हजुरले त्यही भगवानलाई आफ्नी आमा सम्झेर पुज्नुभएको होला ।

हजुरबाट सातौँ समुन्द्रपार रहेपनी इन्टरनेट र प्रविधिले हामीलाई निक्कै नजिक बनाएको छ तर चाडपर्वमा आमा! भनेर बोल्ने हिम्मत नै छैन । मलाई सम्झेर नरुनुहोला कुनै दिनमा पूरा होला नि सँगै रम्ने बस्ने चाहना ! ठुला साहुकोमा बन्धक रहेको घरखेत र लैँनो भैंसी छुटाएर झुप्रे घर टिनले छाउँन पाए यो मुग्लानमा एक पल पनि बस्ने थिईनँ आमा !

ढकमक्क बाग अनेकौँ प्रजातीका पुष्पले सजिए पनि आखिर गुलाफको महत्त्व कहिल्यै कमी हुँदन। हजुरको सामीप्यता भन्दा हजारौँ कोश टाढा जति नै खुशी र सुखी छु भनेपनी मनले त्यही काख र सामिप्यता खोजिरहन्छ ,न्यास्रीरहन्छ हजुरहरुको सामिप्यताको अभावमा । कामको थकानले बिश्राममा रक्तपिपासु उडुसका राज चलेको बिछ्याउनामा बेपर्वाह निन्द्रादेबीलाई मनाउने असफल प्रयासमा यादले अनवरत सताईरहन्छ ! कामको ब्यस्ततामा बितेको दिन सुर्यास्त सँगै यादका बारातहरुको आगमन अधिक हुन्छ र भत्काईदिन्छ निन्द्रादेबी सँगको सम्झौतामा चलिरहेको वार्ता ।

बाबा ओछ्यान पर्नुभएको पनि धेरै भयो एकपटक राम्रो अस्पतालमा उपचार गराउन समेत सकिन दमको दबाई सकियो होला हर्केलाई शहर जाँदा ल्याईदिन भन्नु , हजुरपनी बिरामी भैरहनुहुन्छ खाना पानी औषधी समयमै खाने गर्नु सन्तान भएर जन्मदाताको निम्ति मैले केही गर्न सकिन कहिलेकाही त आफू जन्मेकोमा पनि दुख लाग्छ अनि त्यस्तो परिस्थितिमा पनि हजुरहरुले अनेकौँ कष्ट सहेर पनि मेरो आगमनलाई जिन्दगीको अनुपम उपहारस्वरुप स्विकार्नु भएको थियो ।

खुशी बोकेर आएको म दुखको जिन्दगी दिन आएजस्तो भएको छ तर अब धेरै चिन्ता नगर्नु दैव नलागे केही वर्षमा यी सबै दर्दका सागर बाट पक्कै निक्लिनेछौँ । आमा हजुरले नै भन्नुहुन्थ्यो नि रात पछि दिन आउँछ भनेर हाम्रो जिन्दगीमा पनि पक्कै उज्यालो छाउँनेछ म त्यही उज्यालो बोकेर सदाको लागि हजुरकै समिप रहनेगरी छिट्टै फर्किनेछु प्रतीक्षा गर्नुहोला ।

हजुरको अभागी छोरो, 

मरुभूमिको राजधानीबाट

अमन ‘एकल’ ,राम कृष्ण पाण्डे

 भोर्ले ७, रसुवा

 हाल युएई अबुधाबी
प्रकाशित मिति २०७४ साल आश्विन ३ गते, मङ्गलवार

प्रतिक्रिया दिनुहोस्