Logo

आज एप्पलले आइफोन ८ सहित ३ स्मार्टफोन सार्वजनिक गर्दै,यस्ता छन् विशेष फिचर

स्तावेज भाद्र २७ गते मंगलवार २०७४,काठमाण्डौं – एप्पलको बहुप्रतिक्षित आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स स्मार्टफोन आज सेप्टेम्बर १२ का दिन सार्वजनिक हुँदैछ । यसका साथै एप्पलको नयाँ घडी पनि सार्वजनिक हु्ने अनुमान गरिएको छ । यो वर्ष एप्पलले स्थापनाको १०औं वार्षिकोत्सव पनि मनाइरहेको छ । यसकारण आइफोन ८ लाई लिएर विश्वबजारले निकै अपेक्षा गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स अडिटोरियममा एक भव्य कार्यक्रमको आयोजना गरी यी तीन मोडलका आइफोन सार्वजनिक गरिने छ । आइफोन सेभेन पड्किएको दाबी कतिपय प्रयोगकर्ताहरू गर्न थालेपछि सेभेनमा भएका कमजोरीहरू समेत हटाई यी फोन ल्याउन लागेको जनाइएको छ ।

त्यहाँको स्थानीय समयअनुसार मध्यान्ह १२ बजे आइफोन लन्चको कार्यक्रम सुरु हुने जनाइएको छ । के ५.८ इन्चको ओएलइडी डिस्प्लेसहित आइफोन ८ सार्वजनिक हुनेछ  ।  ए ११ चिप, ५.८ इनचको ओएलइडी डिस्प्ले, वायरलेस चार्जिङ लगायतका आमूल परिवर्तनसहितका टेक्नोलोजी आइफोन ८ मा पाउन सकिने जनाइएको छ । यसको अर्थ आइफोन ८ मा अहिलेसम्मका आइफोनमा मात्रै नभर्इ हाल बजारमा रहेका आम स्मार्टफोनभन्दा उल्लेख्य रुपमा ठूलो हुनेछ ।

आइफोन ८ धेरै ठूलो हुने भो भनेर चिन्ता लिनेहरुका लागि सुखद खबर के छ भने एप्पलले माथिल्लो र तल्लो भागहरुलाई छाँटेर यसलाई आइफोन ७ प्लसभन्दा सानो बनाउनेछ । तर, यसको मूल्य भने अहिलेसम्म बजारमा ल्याएकोमध्येकै सबैभन्दा महंगो अर्थात् एक हजार डलरभन्दा बढी हुने अनुमान गरिएको छ । स्रोतका अनुसार आइफोन ८ मा ५.८ इन्च डिस्प्ले रहनेछ तर, ५.१५ इन्च मात्रै प्रयोग गर्न सकिनेछ ।

अत्याधुनिक प्रविधि सहितको आइफोन ८ आकर्षक उपहारको रुपमा आउने भएको छ जसमा मानवीय अनुहार समेत पहिचान गर्न सक्ने प्रविधि तथा एज टु एज डिस्प्ले प्रयोग गरिएको एप्पलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्