Logo

तस्बिर र प्रतिवेदन

“गत साउनको अन्तिम साता, नेपालको तराई क्षेत्र बाढीबाट ग्रस्त थियो । तराई बाढीको डुबानमा परिरहदा अनेकन सहयोगी हात राहतको लागि उठे । केही हात भने राहत दिनुभन्दा फोटो खिच्नमा लागेका थिए । उहाँहरुकै सहयोगले सामाजिक सञ्जाल बाढीका हृदयविदारक दृश्यहरुको तस्बिरले भरियो । सोही तस्बिरहरू भाइरल हुँदा र तस्बिरको आडमा राहत माग्दापनि वास्तविक पीडित भने अनजान थिए । पीडितको निम्ति सङ्कलन भएको राहत पीडितको समक्ष कतिसम्म पुगेको छ त ? तिनै तस्बिरहरुका आधारमा त्यहाको पीडाको आंकलन गरी विभिन्न संघसंस्था तथा व्यक्तिहरू यथासिघ्र राहत लिएर पुगे । त्यसै क्रममा हामीपनि रौतहटमा राहत बाँड्ने योजना लिएर पुग्दा त्येस्त फोटो खिच्ने हात टन्नै देखिए, राहत दिने हातहरू चाही अलि कम। एउटा पीडितलाई कुनै एक राहत सामग्री हस्तान्तरण गर्दै गरेको तस्बिर विभिन्न व्यक्तिहरूले लिईरहँदा त्यो पीडितको अनुहारमा बिरक्तापन प्रस्टै झल्किन्थ्यो । पीडितको अन्भिग्यतामै धेरै तस्बिरहरू लिईदै गरेको पनि देखियो । मानौ तिनका पिडा कसैकालागि अन्य उद्देश्य पूर्ति गर्ने स्रोतको रूपमा प्रयोग हुने साधन हुन् ।”

      – दीक्षा मिश्र

 प्रायजसो पत्र पत्रिका, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवेदन तथा कार्यक्रमहरूमा तस्विरहरुको प्रयोग गरिनु राम्रो मानिन्छ, किनकि तस्बिर भनेको एउटा यस्तो माध्यम हो, जुन संसारभरिका मानिसले बुझ्न सक्छन् । कतिपय व्यक्तिहरू त यसैलाई जिउने पेशा पनि बनाएका छन् । मोडेलिंग गर्दै राम्रो आय आर्जनको श्रोत बनाएकाहरु यस पेशा प्रति निकै सन्तुष्ट पनि देखिन्छन् । नाम, दाम, र काम सँगै पाउने भएकोले पनि होला धेरैको रोजाई तस्बिरसंग जोडिएको पेशामा पर्दछ । र ती चर्चित मोडेलहरुका तस्बिर प्रयोग गरिए बापत उनीहरूलाई उचित पारिश्रमिक पनि दिइन्छ, यो विश्वका प्रायजसो मुलुकमा लागु हुन्छ ।

 यहाँ प्रसङ्ग अलि फरक छ । जहाँ विश्वसामु जसको तस्बिर देखाइन्छ, उसलाई काम, दाम र नाम तीनवटै चिजबाट पृथक राखिन्छ, कतिपय अवस्थामा त ती तस्बिर भएका वास्तविक व्यक्तिलाई थाहा पनि हुन्न कि उनका तस्बिर कहाँ, कसरि र किन प्रयोग गरियो ? 
गत साउनको अन्तिम साता, नेपालको तराई क्षेत्र बाढीबाट ग्रस्त थियो । तराई बाढीको डुबानमा परिरहदा अनेकन सहयोगी हात राहतको लागि उठे । केही हात भने राहत दिनुभन्दा फोटो खिच्नमा लागेका थिए । उहाँहरुकै सहयोगले सामाजिक सञ्जाल बाढीका हृदयविदारक दृश्यहरुको तस्बिरले भरियो ।

 सोही तस्बिरहरू भाइरल हुँदा र तस्बिरको आडमा राहत माग्दापनि वास्तविक पीडित भने अनजान थिए । पीडितको निम्ति सङ्कलन भएको राहत पीडितको समक्ष कतिसम्म पुगेको छ त ? तिनै तस्बिरहरुका आधारमा त्यहाको पीडाको आंकलन गरी विभिन्न संघसंस्था तथा व्यक्तिहरू यथासिघ्र राहत लिएर पुगे । त्यसै क्रममा हामीपनि रौतहटमा राहत बाँड्ने योजना लिएर पुग्दा त्येस्त फोटो खिच्ने हात टन्नै देखिए, राहत दिने हातहरू चाही अलि कम। एउटा पीडितलाई कुनै एक राहत सामग्री हस्तान्तरण गर्दै गरेको तस्बिर विभिन्न व्यक्तिहरूले लिईरहँदा त्यो पीडितको अनुहारमा बिरक्तापन प्रस्टै झल्किन्थ्यो । पीडितको अन्भिग्यतामै धेरै तस्बिरहरू लिईदै गरेको पनि देखियो । मानौ तिनका पिडा कसैकालागि अन्य उद्देश्य पूर्ति गर्ने स्रोतको रूपमा प्रयोग हुने साधन हुन् ।

फेरी प्रसङ्ग जोडौं विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय, सरकारी र गैर सरकारी संस्थाका प्रतिबेदनहरुसँग जुन सामाजिक विभेदको अन्त , बालबालिकाका अधिकार संरक्षण तथा महिला हिंसा विरुद्ध कार्य गरी राखेका छन् । महिला विकासको क्षेत्रमा कार्य गर्ने कतिपय संस्थाहरूका प्रतिवेदन हेर्ने हो भने अनेक दु:खले लादिएका, पीडित महिलाहरूको पिडा सहितका तस्बिरहरुले भरिएका हुन्छन् र तिनै दयाका पात्रको रूपमा प्रस्तुत तस्बिरकै सहारा लिँदै विभिन्न अन्तर्राष्ट्रिय मंचहरुमा लामो व्याख्या र विश्लेषणहरू प्रस्तुत गरिन्छ । तर जसको तस्बिर प्रयोग गरियो उसको जीवनमा केही खास सकारात्मक परिवर्तन हुन्छ वा हुन्न भन्न सकिन्न । चाहे त्यो घरेलु हिंसा पीडितको अवस्था झल्काउने तस्बिर होस् वा कामको बोझ सँगै लाला-बाला बोकेका तस्बिर वा च्यातिएका झुत्रो लुगा लगाएका , खाली खुट्टा उभेका महिला । ती सबै तस्बिर यदि कुनै व्यवसायिक मोडेलको हुँदो हो भने उसले यस बापत पैसा सहजै पाउँछ तर ती वास्तविक जीवनका सङ्घर्ष कर्ता लाई उनीहरूका तस्बिर प्रयोग गर्न धेरै जसो अवस्थामा सोधिने पनि गरिन्न ।

विभिन्न दातृ सङ्घ संस्थाहरूलाई प्रभावित पार्न प्रयोग गरिएका यस्ता तस्बिर अनि त्यसबाट प्रभावित भई प्राप्त सहयोग ती तस्बिरसँग जोडिएका जीवनहरु माझ पनि बिरलै पुग्छ , यसको वास्ता न दातृ संस्थालाई हुन्छ न तस्बिर प्रयोग कर्तालाई । अनि ती तस्बिरहरुको आधारमा रचित कथा र जानकारी एउटा बन्द कोठाभित्र टेबलमाथि तयार पारिएका प्रतिवेदनका आधारमा निर्धारण गरिने कार्यक्रम , कतिको र कसको लागि प्रभावकारी हुन्छ त्यो एउटा छुटै विषय बन्न जान्छ ।

स्थानीय भाषा र संस्कृति नबुझेका द्दारा दिईएको स्थानीयस्तर को जानकारी कति हदसम्म जन भावनासँग जोडिएको र भरपर्दो हुनसक्छ सहजै अनुमान लगाउन सकिन्छ । बिल्कुल यही अवस्था हुन्छ जब वास्तविक पात्रको सट्टा एउटा तस्बिर लिएर अन्तर्राष्ट्रिय मञ्चमा उक्लिन्छ । यस्ता पात्र जसलाई त्यो तस्बिर भएको व्यक्तिको सामाजिक संरचना ,रितिरिवाज संस्कृतिकरणका प्रक्रिया केही थाहा हुन्न र पनि उसले प्रतिनिधि गर्न पुग्छ । जसरी टी. भी . हरुमा सञ्चालन गरिने जनताको विचार स्तम्भमा प्रतिशतमा विचार प्रस्तुत गरिए पनि त्यसमा भाग लिने एकजना मात्रै थिए कि लाखौँ ,केही फरक पर्दैन प्रतिशतको परिणाममा । त्यस्तै अवस्थाको सिर्जना यहाँ पनि हुन्छ जसले प्रतिनिधित्व त देखिन्छ तर वास्तविकता पस्कन सक्दैन ।

 बरु प्रत्यक्ष त्यो क्षेत्रमा नलागेका व्यक्ति वा मिडियाले प्रस्तुत गरिदिएका केही वास्तविक तस्बिरहरुका प्रभावबाट केही साधन , सुविधा र अवसर त्यहाँसम्म पुगेका थुप्रै उदाहरण हामीले भेटाउन सक्छौ तर विकास क्षेत्रमा त्यही विशेषता बोकी काम गर्ने संगठनहरुले आफ्ना प्रतिबेदनहरु र कार्यशालाहरूमा प्रस्तुत गर्ने तस्बिरहरू जो कि वास्तविक लक्षित समूह भित्र हुनुपर्ने हो , त्यसलाई कुनै वास्ता गरिएको पाइदैन । प्राकृतिक विपद भुइचालो वा बाढीपहिरोकै अवस्था उजागर गर्नेगरी मिडियाको सक्रिय भूमिका र तस्बिरले सम्बन्धित निकायको ध्यानाकर्षण भएको यथार्थलै पनि नकार्न सकिँदैन । र साथै वास्तविक पीडितले पनि राहत पाएको उदाहरण पनि देखियो| अन्ततः तस्बिर एक यस्तो सञ्चारको माध्यम हो, जो हरेक मानिसले बुझ्न सक्छन् । त्यसैले, तस्बिरको सही तरिकाले प्रयोग गर्न सकिए समाजमा ठुलै परिवर्तन ल्याउन सकिन्छ ।

 प्रकाशित मिति २०७४ साल भाद्र २७ गते मंगलवार

प्रतिक्रिया दिनुहोस्