Logo

मेरो नक्कली राष्ट्रबाद

म त्यो महान नेपाली चेलीबेटीहरु बेचिएको कथा पीडालाई सामाजिक अपराधलाई शिखरमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्छु हाँस्छु अनि पुरस्कृत हुन्छु । म नेपाली एकदिन हौसिदै भारतीय र चिनियालाई सोध्छु तिम्रो देश तिमिहरूको राष्ट्रियता छैन ? पहिचान छैन ? किन मेरो झैँ सीएनएन पुरस्कार नथापेको ? चिनिया र भारतीयले भने हामी त्यति विक्षिप्त भैसकेका छैनौ कि व्यक्तिको खुसीको लागि राष्ट्रको विकृति र विसंगतिलाई बजारमा बेच्ने कामलाई हौसला दिने .. । 

      – शेखर ढुंगेल (बरिष्ठ लेखक तथा साहित्यकार )

साँच्चिकै  म कहिलेकाँही एक्लै हाँस्छु म नेपालीको दोहोरो राष्ट्रियता र पहिचानको सफल ताण्डब नृत्यहरु स्मरण गर्दै नेपाली नागरिकता त्यागेको पश्चाताप नगरिकनै सहर्ष स्वीकारेको तितो यथार्तता के हो भने जब जब म नेपाली चप्पलको धुलो टकटक्याएर त्रिभुवन विमानस्थलबाट उड्छु तब तब धिकार्ने गरेको छु आफैंलाई म नेपालीको बेइमानी राष्ट्रियता र नक्कली पहिचानका गीतहरू गाउनुपर्दा गोहीको आँशुरुपी छद्मभेषी हुनुपर्दा । हो म नेपालीसँग धेरै भरपर्दो बहाना छ नक्कली राष्ट्रियता र पहिचानको झन्डा उचाल्नुपरेको जायज बनाउन म नेपाली सफल छु ।

प्रसंग माटोबाट सुरु गरौँ “बिस्थापित नेपाली स्थापित विदेशी “यही अहिले मेरो राष्ट्र नेपालको प्राथमिकतामा परेको अवस्था छ । बिस्थापित हुने म नेपालीको सङ्ख्या गर्वसाथ गन्नेगर्छु अनि रेमिटेन्सको उचाइ नाप्ने गर्छु । विदेशमा दुर्घटनमा पर्ने मर्नेहरुको लागि सुविधा र सहयोगको रकम र नाम थप्दै ढुक्कसँग बिदेशिन प्रेरित गर्छु म नेपाली कति धेरै उदार छु भने आफूमात्र होइन सँगसँगै छिमेकी भारतीय पाकिस्तानी बङ्गाली भुटानी श्रीलंकन अफगानी अफ्रिकी समेतलाई नेपाली राहदानी दान गरेर । पशुपतिनाथको परिक्रमा गराउदै झपक्क आँखा चिम्लेर विदेश पठाउने गर्दछु ।

म दुई देशको स्वतन्त्रता दिवस मनाउने तर एक देशप्रति पनि इमान्दार नहुने बेइमान म नेपाली तर यसको बाबजुद मलाइ मेरो राष्ट्रियता मेरो पहिचानको चिन्ता छ रे  ? हेहेह्हेहेहे……. म स्वयम् हाँस्छु भने ती विदेशी कति हाँस्दा हुन् हाम्रो विक्षिप्तता देखेर अनि झुठो गौरवको भाषण गर्दा ? म त्यो नेपाली मेरा सन्तान र सम्पति विदेश पठाउँछु म त्यो नेपाली सरकारी अनुमतिको प्रमाणपत्र बेचेर युबायुबतीलाई विदेशीको श्रमिक बनाउन बेच्छु र यता कमैयामुक्त समाजको घोषणा गर्छु ……बेरोजगार बढाउँछु त्यसको लागि भएका उध्योग धन्दा बन्द गर्छु देशलाई पूर्णरुपमा परजीवी बनाउँछु र भन्छु विकास भएको छ …. ।

विगत ढाई दशक अगाडीदेखि म नेपालीहरू पलायन हुने महासपना देख्दै राष्ट्रियताको बचेखुचेको धुलो विमानस्थलमा टकटक्याएर उड्न अभिप्रेरित भएका छौ । नयाँ देश नयाँ कानुन नयाँ र अलग सामाजिक साँस्कृतिक परिवेशमा म नेपालीहरू कुमालेको काठको चिप्लो हथौडाले गिलो माटोलाई विभिन्न साइज र आकारमा सृजना गरेझै म नेपालीको नयाँ जीवनको सृजना हुन्छ र सम्बन्धित देशको नागरिक बन्न संसारमा भएका सबै उपाय र जुक्ति संकलन गर्छु अनि विदेशी नागरिक भएको /बनेको फोटो समाचार झैँ सगौरब प्रचार प्रसार गर्दै मृत्युलाई नै जितेझै हर्षित हुन्छु । 

विदेशी संविधान अनि राष्ट्रिय गीत गाउँदै छातीमा हात राखेर शपथ खाँदा “नेपाली राष्ट्रियता र पहिचान “ले चसक्क भयो कि भएन ? पोल्यो कि पोलेन ? छाती दुख्यो कि दुखेन ? यो सबै लुकाउने कुरो हो ……केही वर्षको विदेश बसाइपछि म नेपालीलाई नेपाली राष्ट्रियता र पहिचानको घाउले पोल्न थाल्दो रहेछ विदेशी संविधान हातमा विदेशी कानुन शिरमा बोकेर झन्डा र पहिचानको नक्कली वा अप्राकृतिक स्वार्थको नाटक मन्चन गर्ने रहर जाग्ने रहेछ ….अनि “राष्ट्रियता र पहिचानको “प्रेत ब्युताउने धामी झाँक्री बोलाउने गर्छौ नाच्छौ गाउँछौं ।

गाँस, गाँसमा श्वास श्वासमा “राष्ट्रियता र पहिचान “ओहर दोहर गर्दा रहेछन् यसरी अकल्पनीय “राष्ट्रियता र पहिचान “जाग्दो रहेछ कि एउटा घटनाको स्मरण गराई दियो “एक परिवारमा दम्पतिको बिहे पश्चात् धेरै वर्ष सम्म कुनै सन्तान भएका थिएनन् अन्तत: बुहारीले छोरोको जन्माइन् हजुरआमा हर्षले खुसीले आफ्नो नातिलाई सुम्सुम्याउँदै चुम्म्मा गर्न थालिन् कि नवजात शिशुको औलानै टोकेर छिनेपछि मात्र होसमा आएकी थिईन्..अहिले म नेपालीहरूको विदेशमा र स्वदेशमा राष्ट्रियता र पहिचान “को नियति यस्तै भएको छ ।

 मेरो राष्ट्रियता विक्षिप्त हुँदै गएको छ पहिचान धुमिल र घृणित हुँदै गएकोमा मलाई कुनै खबर नै छैन  । यस्तो विक्षिप्तताको शिकार भैसकेको छु म नेपाली आमाको नाङ्गो शरीर र फाटेको धोतिलाई अन्तराष्ट्रियकरण गर्छु । म महान नेपाली सडक बालबालिकाको भोको पेट र नाङ्गो शरीर अन्तर्राष्ट्रिय सञ्चारमा पुर्याउछु र विजयी हुन्छु ।

म त्यो महान नेपाली चेलीबेटीहरु बेचिएको कथा पीडालाई सामाजिक अपराधलाई शिखरमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्छु हाँस्छु अनि पुरस्कृत हुन्छु । म नेपाली एकदिन हौसिदै भारतीय र चिनियालाई सोध्छु तिम्रो देश तिमिहरूको राष्ट्रियता छैन ? पहिचान छैन ? किन मेरो झैँ सीएनएन पुरस्कार नथापेको ? चिनिया र भारतीयले भने हामी त्यति विक्षिप्त भैसकेका छैनौ कि व्यक्तिको खुसीको लागि राष्ट्रको विकृति र विसंगतिलाई बजारमा बेच्ने कामलाई हौसला दिने .. ।

साँच्चिकै अर्धविक्षिप्तनै भैसकेको हो त मेरो राष्ट्रबाद राष्ट्रियता र पहिचान कि स्वतन्त्र स्वाधीन सार्भभौम राष्ट्र नेपालको मेरो झन्डा कुनै विदेशी झन्डामुनि अपहेलित भएको देख्न नसक्ने र हर्षले घनिभुत बनु म ? गौरवशाली राष्ट्रिय झन्डामाथि रक्सीको बोटल र चुरोटको ठुटोलाई राखेर गर्वले नाचौं ? यस्तै भइरहेको मेरो राष्ट्रियता र पहिचान किनकि मेरो इमान्दारिता बन्धकमा परेको छ   । म माता तिर्थ औशी मनाउँछु अनि मदर डे पनि ।

गाँस, गाँसमा श्वास श्वासमा “राष्ट्रियता र पहिचान “ओहर दोहर गर्दा रहेछन् यसरी अकल्पनीय “राष्ट्रियता र पहिचान “जाग्दो रहेछ कि एउटा घटनाको स्मरण गराई दियो “एक परिवारमा दम्पतिको बिहे पश्चात् धेरै वर्ष सम्म कुनै सन्तान भएका थिएनन अन्तत बुहारीले छोरोको जन्माइन् हजुरआमा हर्षले खुसीले आफ्नो नातिलाई सुम्सुम्याउँदै चुम्म्मा गर्न थालिन् कि नवजात शिशुको औलानै टोकेर छिनेपछि मात्र होसमा आएकी थिईन्..अहिले म नेपालीहरूको विदेशमा र स्वदेशमा राष्ट्रियता र पहिचान “को नियति यस्तै भएको छ ।

 म दुई देशको स्वतन्त्रता दिवस मनाउने तर एक देशप्रति पनि इमान्दार नहुने बेइमान  नेपाली तर यसको बाबजुद मलाइ मेरो राष्ट्रियता मेरो पहिचानको चिन्ता छ रे  ? हेहेह्हेहेहे……. म स्वयम् हाँस्छु भने ती विदेशी कति हाँस्दा हुन् हाम्रो विक्षिप्तता देखेर अनि झुठो गौरवको भाषण गर्दा ? म त्यो नेपाली मेरा सन्तान र सम्पति विदेश पठाउँछु। म त्यो नेपाली सरकारी अनुमतिको प्रमाणपत्र बेचेर युबायुबतीलाई विदेशीको श्रमिक बनाउन बेच्छु र यता कमैयामुक्त समाजको घोषणा गर्छु ……बेरोजगार बढाउँछु त्यसको लागि भएका उध्योगधन्दा बन्दगर्छु देशलाई पूर्णरुपमा परजीवी बनाउँछु र भन्छु विकास भएको छ …. ।

अरू हातमुख जोर्न वा आडम्बरी जीवन बाँच्न लालयित भई विदेशको माटोमा रगत पसिना बगाउनेको कुरोमात्र होइन तिस तिस वर्ष देशको राजस्व दोहन गर्ने कथित बिशिष्ठ्को पगरी गुत्दा समेत यो माटो प्रतिको दायित्वलाई अस्वीकृत गर्दै देशको राजदूत स्थायी नियोग प्रमुखहरू प्रहरी सेनाका हाकिमहरू अनि मुख्य सचिवजस्तो व्यक्तित्वहरू जो देशको विकृति र विसंगतिको कारक र साक्षी अनि जिम्मेवार पनि हुन्  ।

देश दोहनको अन्तिम समय पश्चात विदेश पलायन हुन्छन् अनि अमेरिका बेलायत जापान अस्ट्रेलिया पुगेर खुट्टामा चप्पल हाफ पाइन्छ अनि छातीमा I LOVE NEPAL लेखेको भेस्ट अनि टाउकोमा भादगाउँले टोपी लगाएर मेरो देश मेरो पहिचानको भाषण किन्चित पनि असजिलो नमानी ठोक्ने गर्छु /गर्छौ । नेपालीहरूको  विदेशमा हुने भैरहेका कार्यक्रमहरू देख्यो समाचार सुन्यो भने स्पष्ट हुन्छ म नेपाली कति नक्कली राष्ट्रियता  र पहिचान बोक्छु ?

विदेशको संविधान छोएर झन्डा छोएर छातीमा हात राखेर त्यो देशको नागरिकता लिन्छु तर राजनीति नेपालको गर्छु । जातीय लैंगिक भाषिक विवाद नेपालको गर्छु प्रतिफल के ? सम्बन्धित देशको संविधानले निषेध गरेको कुरो पनि गर्ने नेपालको राजनीति पनि गर्ने ? यस्तो उग्र नक्कली राष्ट्रिया र पहिचानको अर्थ महत्व र परिणाम खोज्यो भने व्यक्ति वा समूह विशेषको एकछिनको आत्मसन्तुष्टि नै हो ।

(यो लेख हामी नेपाली कति सक्कली कति नक्कली राष्ट्रियता र पहिचानको कुरो र काम गर्दैछौं ? आत्मसमीक्षाको लागि मात्र हो व्यक्ति वा समूह विशेषप्रति लक्षित होइन प्रवृतिप्रति मात्र हो  । सृष्टिकर्ताले मानिसलाई दया करुणा सेवा र संवेदनशील प्राणि वा आफ्नो प्रतिनिधि को रूपमा बनाएको हुन्  । तसर्थ जहाँ आवश्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदा को हिसाब ,बिना सुविधा असुबिधाको बहाना दया भाव देखाई हाल्नुपर्छ सहयोगको हात बढाई हाल्नुपर्छ जहाँ आवश्यकता हुन्छ त्यहाँ आफै लाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिकको उदाहरण हुनु हो  । )

हाल,अमेरिका

प्रतिक्रिया दिनुहोस्