Logo

एप्पल कम्पनीले नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक गर्ने

स्तावेज ,भाद्र १७ गते शनिवार २०७४ – एप्पलले नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आफ्नो हरेक नयाँ प्रडक्ट सेप्टेम्बरमा सार्वजनिक गर्ने गर्छ । कम्पनीले आइफोन एइटको सार्वजनिक गर्न सेप्टेम्बर १२ लाई छानेको हो । 

उक्त दिन आइफोन एइटसहित आइफोन सेभेन र सेभेन प्लसको अपडेटेड भर्सन समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले वायरलेस चार्ज सपोर्ट गर्ने आइफोन सेभेनको नयाँ भर्सन समेत सार्वजनिक गर्ने अनुमान छ । 

यसअघि प्रकाशित भएका रिपोर्टका अनुसार आइफोन एइटमा माथिल्लो भाग पूरा स्क्रिन हुनेछ । साथै, यसकाले पिंगर प्रिन्टको सट्टा थ्रीडी फेसियल रेकग्निसन सपोर्ट गर्नेछ ।

नयाँ आइफोन सार्वजनिक गर्ने क्रममा नयाँ एप्पल टिभी, आईओएसको नयाँ भर्सन समेत सार्वजनिक हुने अनुमान छ । कम्पनीले विभिन्न मिडियालाई सेप्टेम्बर १२ मा हुने कार्यक्रममा सहभागी हुन पत्र पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्