Logo

कोरियन स्मार्टफोन नोट ५ को रेकर्ड नोट ८ ले तोड्ने

स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं  –  कोरियन स्मार्टफोन कम्पनी सामसुङले ल्याउन लागेको नोट ८ एक करोड १०लाख बिक्री गर्ने योजना सार्वजनिक गरेको छ ।

यसअघि सामसुङकै नोट ५ पनि सोही हाराहारीमा बिक्री भएको थियो । तर मंगलबार भएको एक कार्यक्रममा सामसुङका प्रमुख कोह डोङ जिनले नोट ८ ले अहिलेसम्मको रेकर्ड तोड्ने जानकारी दिए । उनले एस ८ ४ करोड ८० लाख बिक्री गर्ने योजना रहेको पनि जानकारी दिए ।

अघिल्लो वर्ष सार्वजनिक गरिएको नोट ७ लाई सामसुङले राम्रो बताएको भए पनि ब्याट्रीका कारण मोवाइलमा आगजनी हुने घटना बढेपछि फिर्ता गरिएको थियो । कैयौं उडानमा नोट ७ सँगै लैजान रोकसमेत लगाइएको थियो । नोट ८ सेप्टेम्बर १७ मा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्