Logo

बाढी प्रभावित २३ जिल्लामा नेपाल टेलिकमको सिम निःशुल्क

 स्तावेज संवाददाता, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं  – नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा निःशुलक प्रिपेड सिम उपलब्ध गराएको छ।

टेलिकमले ५० रुपैयाँको टक भ्यालूसहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको जनाएको छ ।

साथै बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा गत सोमबारबाट सुरु भएर भदौ २६ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रबाट लिनसक्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्