Logo

” ग्लोबल नेपाली फिल्म अवार्ड- २०१७ को समापन समारोहमा अध्यक्ष नवराज श्रेष्ठले दिनुभएको मन्तव्य

नेपाली सिनेमा “गाउँदेखि विश्वसम्म”

उत्सव हो यो -चलचित्र कर्मको,

महोत्सव हो यो – चलचित्रकर्मीहरुको ! 

स्वागत छ तपाईँहरूलाई राता पहाडहरुको शहर कोलोराडोमा !!

स्वागत छ – दोस्रो ग्लोबल फिल्म अवार्डमा !!!

 “खुम्बु खोल्स्च दोस्रो ग्लोबल नेपाल फिल्म अवार्ड–२०१७ ” मा हाम्रो निमन्त्रणा स्वीकारेर संसारभरबाट यस समारोहमा पाल्नुभई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा आदरणीय अग्रज सिनेकर्मी महानुभावहरु सहित प्रमुख अतिथि, अतिथि, कलाकार, लेखक, मुख्य प्रायोजक, सह प्रायोजक, अन्य प्रायोजक लगायत विभिन्न मिडियालाई प्रतिनिधित्व गर्दै सहभागी हुनु भएका संचारकर्मीहरुलाई आयोजक समितिको अध्यक्षको हैसियतले हार्दिक आभार प्रकट गर्दछु । 

 नेपाली चलचित्र क्षेत्रमा हामी श्याम श्वेतबाट रंगीन हुँदै सेल्युलाईट बाट डिजिटल प्रविधिमा फड्को मारिरहँदा हामीले प्रााबिधिक छलाङ मात्र लगाएका छैनौ,हामीले हाम्रो विषयवस्तु , कथा पटकथाका साथै संवादको शैलीमा नै ठुलो उपलब्धि हासिल गरेका छौँ । हामीले नेपाली कला संस्कृति झल्काउने सिनेमा बनाउनुपर्छ भन्नेकुरा पनि हामीले राम्ररी बुझेका छौँ ।

 

यस अर्थमा हामी अब वास्तविक नेपाली सिनेमा बनाउन थालेका छौँ र हामी विश्व सिनेमाको बजारमा हाम्रो उपस्थिति खोजिरहेका छौँ । त्यही खोजीको एउटा स्वरूप हो “खुम्बु खोल्स्च दोस्रो ग्लोबल नेपाल फिल्म अवार्ड–२०१७ ” । अबको बाटो निर्माण सँगसँगै वितरण र प्रदर्शनको मार्गपनि प्रशस्त गर्नु हो । यो कामपनि अरू कसैले होइन चलचित्रकर्मीहरुले नै गर्नुपर्दछ । नेपाली सिनेमाको निर्बाध र व्यापक बजार र प्रदर्शन नै हाम्रो आकांक्षा हो । यसमा तपाईँहरू सबैको ऐक्यवद्धता र सहयोग अपरिहार्य छ । 

 यो समारोह पुरस्कार र सम्मानको समारोहमात्र होइन । यसको आयोजनाका पछाडि हाम्रा मुख्य दुईवटा स्वार्थ लुकेका छन् । पहिलो नेपाली सिनेमालाई गाउँबाट विश्व बजारमा पुर्याउने । बजारको बिस्तार नै सम्पूर्ण सिने उध्योगको उन्नति र स्तरको मुख्यद्धार हो भन्ने कुरामा हामी विश्वस्त छौँ । दोस्रो नेपाल बाहिर बसेका सम्पूर्ण नेपाली डायस्पोरालाई एकै थलोमा भेला गराएर नेपाली हुनुको गौरव महशुस गराउनुका साथै डायस्पोरामा अल्झिएका नेपाली चलचित्रकर्मीहरुलाई स–सम्मान पुनरागमनका लागि प्रोत्साहित गर्नुपनि हो ।

 नेपाल अमेरिकाको मित्रता गाँसिएको ७० औँ वर्ष हाम्रा यी अभिप्राय प्राप्तिका लागि सार्थक होस् भन्ने कामना गर्न चाहन्छु । हामीले नेपाली भन्नाले सम्पूर्ण संसारभर छरिएर रहेका नेपाली भाषीहरुको कुरा गरिरहेका छौँ । नेपाली संस्कृतिलाई माया गर्ने नेपाली मूलका भुटानीहरुलाई पनि हामी नेपाली चलचित्र कर्ममा आगमनका लागि हार्दिक स्वागत गर्दछौँ । 

नेपाललाई धेरै माया गर्ने र नेपाल मामिलामा साह्रै सक्रिय नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट डेलिसीलाई प्रमुख अतिथिका रूपमा यो समारोहमा पाउनु हामी सबैको लागि गर्वको कुरा हो । उहाँले यस अवार्ड कार्यक्रममा सहभागिता जनाएर हामी आयोजक र सिङ्गो नेपाली सिनेमा उध्योगलाई सम्मान गर्नु भएकोमा उहाँप्रति आयोजकको तर्फबाट धेरै आभार प्रकट गर्न चाहन्छौँ ।

  आदरणीय कृष्ण मल्ल अध्यक्ष रहनु भएको नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त आयोजनामा सम्पन्न यो अवार्ड कार्यक्रममा संसारकै ठुलो सिनेमा उध्योग हलिउडका निर्माता/ कलाकार Thomas B. Fore को सहभागिताले हामी सबै नेपाली सिनेमासंग सम्बन्धितहरुलाई निकै खुसी र हौसला मिलेको छ । उहाँसँगको सहकार्यले विश्व बजारमा नेपाली सिनेमाको पहुँच अझ बढ्नेछ भन्ने हाम्रो विश्वास छ।

 हाम्रा सबै अग्रज कलाकार, सिनेकर्मीहरु जो नेपालदेखि यही कार्यक्रमको लागि भनेरै आउनुभएको छ, उहाँहरू सबैलाई म पुन: आभार र धन्यवाद टक्र्याउन चाहन्छु । यस ग्लोबल अवार्डका संरक्षक कृष्ण मल्ल,सल्लाहकार नायक शिब श्रेष्ठ,सुनिल थापा र गेहेन्द्र धिमाल लगायत अन्य आदरणीय अग्रज कलाकारहरू टिका पहारी, भुवन के.सी, अर्जुनजंग शाही, शर्मिला मल्ल, मुकुन्द किशोर भट्टराई, सुबर्ण छेत्री, नायक अनमोल केसी, राजेद्र शलभ,नायिकाहरु केकी अधिकारी, युना उप्रेती कलाकार तथा निर्देशक दिपाश्री निरौला,केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’हास्य कलाकार नारायण त्रिपाठी,चलचित्र निर्देशक नारायण पुरी,राम शेखर बोगटी,अम्बिका शर्मा,नवल खड्का,सत्यकला राई,सिने निर्माता/निर्देशक एभरेष्ट सूर्य बोहरा,सुरेश दर्पण पोखरेल,

 नायिका सिमा जोशी ,बिक्रान्त बस्नेत,नीरज बराल,नायिका लौरा जो भोन सेग्गेर्न ( नेपाली भाषी भुटानी नायिका ) ,राजु बजाज,सबुश्री तिवारी,शिशिर श्रेष्ठ,निर्माता अमिर अली मकनोजिया,रविन कार्की (रायन),कोरियोग्राफर नवीन के.सी.,नायिका प्रतिष्ठा प्रसाई, गायक एम बराल,शिब परियार ,बिधान कार्की,राजु खत्री,ईशानी श्रेष्ठ ,रोशनी श्रेष्ठ,दान बहादुर श्रेष्ठ (अष्ट्रेलिया )

मनिष कुमार श्रेष्ठ ( यु.के),दिनेश दर्शनधारी,अमित पोखरेल, मिलन सापकोटा,प्रेम गुरुङ, निर्देशक उदय सुब्बा,निर्माता मनोज राई ,कृष्ण मुरारी ढुंगेल,निलम श्रेष्ठ,साहारा कार्की,निक्की पाण्डे,विदुर पाठक,प्रसिद्ध अर्याल,उज्वल अर्याल,प्रेम प्रसाद पौडेल,सुवर्ण लामा, कृष्णराज काफ्ले,रोशन के.सी.तथा बेल्जियमबाट श्याम श्रेष्ठ गीतकार अम्बिका शर्मा, भुटानिज अग्रज गायक प्रताप सुब्बा, हरी उप्रेती,डान्स डाइरेक्टर द्दय नरमान राई तथा नायिका शर्मिला राई, चलचित्र बिकास बोर्डबाट आनन्द घिमिरे लगायत सबै आदरणीय कलाकारज्यूहरु प्रति हार्दिक नमन ।

 कार्यक्रममा पाल्नु भएकोमा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालज्यू, वासिङ्टन स्टेटका एसिया-अमेरिकन मामिलाका कमिश्नर मोहन गुरुङ , प्रतिपनि हामी निकै आभारी छौँ । त्यसैगरी नेपालदेखी यसै कार्यक्रमलाई भनेर पाल्नुभएका पूर्व उध्योग मन्त्रीका प्रेस सल्लाहकार, नेपाल टेलिभिजनका पत्रकारलाई मुरीमुरी धन्यवाद । 

 भिडियोमा सहयोग गर्नुहुने श्याम श्रेष्ठ, बिशेश्वर केसी, मुक्ति उप्रेती, दामोदर लुइटेल फोटोमा राजीव श्रेष्ठ, राजन भक्त श्रेष्ठ, टि.भी पार्टनर टि.भी. फिल्मी र एनटिभीलाई पनि धेरै धेरै धन्यवाद । यस कार्यक्रमलाई सहयोग गर्नुहुने स्थानीय सहयोगीहरु लोङ्मन्ट हिमालयज लायन्स क्लब, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो, नेपाली घर, रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल,International Nepali Literature Society,SOARWAY Nepal,स्वयं सेवी साथीहरू राजेन्द्र सिग्देल (अडियो भिडियो), भीम राई

क्षितिज, डी. पी. शर्मा, श्याम नेपाल, जगदिश ढकाल, सुनिता थापा, निशा उपाध्याय , नुजु वाग्ले, समीर आचार्य, रत्न भण्डारी, टल मान राई, पदम बिश्वकर्मा,रसोज श्रेष्ठ,प्रज्ञा गहतराज,दिपक सुनुवार,राम लामा,कमला गुरुङ,ज्योती सुनुवार,रघु देउराली,उज्वल सुनुवार,अनुप गिरी,चाँदनी जोशी,राजु सिटौला स्थानीय कलाकारहरु,साउण्ड सिस्टम र हल सजावटको टिम, खाना लगायतका लजिस्टिक व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । यसका साथै स्टेज ब्यबस्थापन गर्नुहुने राजु बजाज,र यस कार्यक्रमका संयोजक शैलेश पोखरेल र मधु कुमार श्रेष्ठ,र स्मारिकामा बिशेष सहयोग पुर्याउनुहुने भाष्कर श्रेष्ठलाई धन्यबाद दिन चाहन्छु  ।

अवार्डमा छनौट हुनुभएका तर बिबिध कारणबश कार्यक्रममा उपस्थित हुन नसक्नुभएका बिजेताहरु क्रमश:आर्यन सिग्देल,पुरुषोत्तम प्रधान,आयुष्मान देशराज जोशी,ताराप्रकाश लिम्बु,मिना निरौला (कोईराला),कविराज गहतराज र आयुष रिजालप्रति कार्यक्रमको तर्फबाट क्षमा माग्न चाहन्छु । 

नेपालबाट मात्र होइन विश्वभर छरिएर रहेका चलचित्र क्षेत्रका हस्तीहरुलाई एकै ठाउँमा भेलागरी आयोजना गरिएको यस दोस्रो चलचित्र उत्सवको महायज्ञमा तपाईँहरूको साथ र हौसलाका लागि मुख्यतया म सम्पूर्ण आयोजक साथीहरू,खुम्बु खोल्स्च शेर्पा ब्रुअरी,सिटौला ब्रदर्स, रोयल नेपाल रेष्टुरेन्ट एण्ड बार, प्रभु बैंक नेपाल,यती टेक्नोलोजी युएस ए ,हिमालयन वर्ल्ड वाईड एजुकेशनल कन्सल्टेन्सी,द हाईलाईन आर्ट कल्पना बुटिक र यस अवार्ड कार्यक्रमका मिडिया पार्टनरहरु दस्तावेज डट कम,CNNENEWS.COM,977 MAYA.COM,BRTNEPAL.COM लगायतका सम्पूर्ण मिडिया पार्टनरहरु कम्पनी र सहप्रायोजक महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै तपाईँ सम्पूर्ण दर्शक महानुभावहरुले यस कार्यक्रमलाई थप उत्साह प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । अन्तमा यस समारोहको सफलताका श्रेय तपाईँहरूलाई दिँदै कमी कमजोरीहरुको दोष म आफू लिँदै अर्को संस्करणमा तिनलाई नदोहोर्याउने बाचा गर्दै “तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड -२०१८ “अष्ट्रेलियामा गर्ने यसै  कार्यक्रम मार्फत घोषणा गर्दछु ,धन्यबाद ! 

  जय सिनेमा !

नवराज श्रेष्ठ

    अध्यक्ष

ग्लोबल नेपाली फिल्म अवार्ड

प्रकाशित मिति २०७४ साल भाद्र १२ गते सोमबार

                                                                                                                                Deepshikha Sharma

                                                                                                                         [email protected]

         

प्रतिक्रिया दिनुहोस्