Logo

डा. केसीका माग सम्बोधन गर्न त्रिवि सिनेटको बैठक

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं – अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न त्रिभुवन विश्वविध्यालय (त्रिवि) सिनेट बैठक बसेको छ। त्रिवि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा सिनेट बैठक बोलाएका हुन् ।

बैठकमा आइओएमको स्वायत्तताका विषयमा छलफल भइरहेको छ। त्रिवि उपकुलपति तीर्थ खनियाले अघिल्लो सिनेट बैठकबाट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का अधिकांश अधिकार खोसी त्रिविमा निहित बनाउने निर्णय गराएका थिए। त्रिविले आइओएमबाट मेडकिल कलेजको सम्बन्धन, शुल्क निर्धारण, कलेज अनुगमन र कोटा तोक्ने अधिकार पनि खोसेको थियो। प्रधानमन्त्री देउवा डा. केसीका माग शतप्रतिशत पूरा गरेर भए पनि अनशन तोडाउने पक्षमा देखिएका छन्।

प्रधानमन्त्री देउवा काठमाडौँ उपत्यकामा थप मेडिकल कलेज आउने गरी संसदीय समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक संशोधन गरी कलेज थपिने बाटो रोक्न समेत सकारात्मक देखिएका छन्। प्रधानमन्त्री देउवाले मनमोहन मेडिकल कलेज भने सरकारले किनेर भए पनि डा. केसीका माग सम्बोधन गर्न शुक्रबार निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्