Logo

सर्वोच्चको कामकारबाही मोबाइल एप मार्फत सहजै हेर्न मिल्ने

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४,काठमाण्डौं – सर्वोच्च अदालतले मुद्दा मामिला र अन्य प्रक्रिया अन्तर्गत काम कारबाहीलाई मोबाइल फोन मार्फत सहजै हेर्न मिल्ने बनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा एप सञ्चालनको सुरुवात गरे । 

सर्वोच्च अदालतको काम कारबाहीलाई चुस्तदुरुस्त र सूचना प्रविधिमैत्री बनाउन लागेको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले यसबाट न्याय सम्पादन समेत छिटो छरितो हुने दाबी गरे । ‘सूचना प्रविधिको जमानामा धेरै मानिसहरुले स्मार्टफोन प्रयोग गर्ने भएकाले यसबाट मुद्दाका पक्षधरहरुले आफ्नो सूचना लिन सहज हुनेछ,’ उनले भने, ‘अरु सरोकारवालाहरुका लागि समेत सहज सूचना प्रभाव होला भन्ने आशा छ ।’

सर्वोच्च अदालतको आइटी समितीका संयोजक तथा न्यायाधीश अनिल सिन्हाले मोबाइल एप प्रयोगमा आएपछि बेवसाइट हेरेर गर्न मिल्ने कामहरु सहजै एपबाट थाह पाउन सकिने बताए । उनका अनुसार, दैनिकदेखि साप्ताहिक मुद्दाको पेशी र मुद्दा स्थगित भएको विवरण एपबाटै थाह पाउन सकिनेछ । 

‘सुप्रिम कोर्ट अफ नेपाल’ नामक एपमा महत्वपूर्ण आदेश तथा फैसला, मुद्दाको प्रक्रियागत विवरण, विभिन्न तहका अदालतमा पेश गर्नुपर्ने निवेदनका ढाँचाका नमूना राखिएका छन् । त्यसैगरी बैतनिक वकिलहरुको नाम सम्पर्क नम्बर समेत राखिएको सर्वोच्चका आइटी निर्देशक कृष्ण पौडेलले बताए ।  

 तहका अदालतमा पेश गर्नुपर्ने निवेदनका ढाँचाका नमूना राखिएका छन् । त्यसैगरी बैतनिक वकिलहरुको नाम सम्पर्क नम्बर समेत राखिएको सर्वोच्चका आईटी निर्देशक पौडेलले बताए ।  

प्रतिक्रिया दिनुहोस्