Logo

परिवर्तनको अपेक्षा र हाम्रो दायित्व !

 “पञ्चायतको ३० बर्ष बहुदलीय व्यवस्था असफल हुनुको कारणको सुगा रटाइमै र बहुदलेको नामो निशान मेटाउन निक्कै ठुलो समय र उर्जा नष्ट गर्दैमा  बित्यो । त्यसको बदला ससदीय व्यवस्थाको सकारात्मक पक्षलाइ संस्थागत गर्दै बिकृति हटाएर अगाडी बढ्ने सोच नराख्दा पञ्चायतले स्थापना गर्न खोजेको कतिपय उत्तम अबधारणा समेत यो व्यवस्थाको अबसानसंगै छायाँमा पर्न गयो । २०४७ सालपछी ३० बर्ष राष्ट्रले खर्चेर स्थापित गरेको अवधारणा र आधारशिलालाई समेत “कुडा कंकड “भन्दै अन्धाधुन्ध बिस्थापित गर्ने ,खारेज गर्ने र ध्वस्त पार्ने काम भयो ।राजनीतिलाइ राज्य संचालन को माध्यम मात्र हो भन्ने भन्दा पनि व्यक्तिगत फाइदा ,हठ र प्रतिष्ठाको दाउपेचको साधनको रुपमा प्रयोग गरेकोले आज नेपालको यो दुर्गति भएको हो ।”
                         –  शेखर ढुंगेल   (बरिष्ठ लेखक)
विश्वको १७ औं जेष्ठ राष्ट्र र मानव सभ्यताको विकासपछी पहिलो प्रमाणित लिखित शास्त्रको संरचना गर्ने पूर्विय सभ्यताको पनि एक केन्द्रबिन्दु हिन्दु दर्शन ,बौद्ध दर्शन र प्राचिन अलौकिक एवं मौलिक कला र संस्कृतिको धनि देश नेपाल आज सगरमाथा झैँ उदाहरणीय बनेर उभिनुपर्नेमा अझै विपन्नता ,अवचेतना र अमानवियता जस्तो बिडम्बना व्यहोर्ने चक्रब्युहको शिकार किन हुन पुगेको छ ?  
 
 राजनैतिक हिसाबले नेपालले जस्तो विविध परिवर्तनपनि अरु देशले गरेको छैन । भुरे टाकुरे राजा ,सामन्त,र मुखियाको शासनबाट एकिकृत नेपाल तत्कालिन दरबार, भाइ भारदारको षडयन्त्रात्मक राजनीति ,राणा परिवारको शताब्दी लामो निरंकुशता ,१० बर्षे प्रजातान्त्रिक अभ्यास ,३० बर्षे पञ्चायत,२० बर्षे संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था र आज गणतन्त्र अभ्यासको पनि दशक को नजिक पुग्ने क्रममा छौ यस्तै मानसिकता मा देशको राजनीति अगाडी बढ्ने हो भने अर्को दशकमा पनि नेपाल ले स्थिर संबिधान वा राज्य संयन्त्र  नपाएर राष्ट्र नै विखण्डित वा अवसान हुने हो कि भन्ने  त्रास बढ्दै गएको छ ।
नेपालको ७ दशक लामो राजनैतिक अभ्यास र एक पछी अर्को परिबर्तन  गर्न सफल भएपनि  एक  समुह वा व्यवस्थाले अर्को समुह वा व्यवस्था बिशेषलाइ  दोष दिने खेतिमा मलजल र सिंचाई गर्नमै समय र उर्जा खर्च भयो । तर स्थापित सकारात्मक पक्षको संरक्षण गर्दै बिकृतिलाइ हटाएर नयाँ सोच र विचार अनि नीति लिएर अगाडी बढ्ने सोच राखिएन।   
  
पञ्चायतको ३० बर्ष बहुदलीय व्यवस्था असफल हुनुको कारणको सुगा रटाइमै र बहुदलेको नामोनिशान मेटाउन निक्कै ठुलो समय र उर्जा नष्ट गर्दैमा  बित्यो । त्यसको बदला ससदीय व्यवस्थाको सकारात्मक पक्षलाइ संस्थागत गर्दै बिकृति हटाएर अगाडी बढ्ने सोच नराख्दा पञ्चायतले स्थापना गर्न खोजेको कतिपय उत्तम अबधारणा समेत यो व्यवस्थाको अबसानसंगै छायाँमा पर्न गयो । २०४७ सालपछी ३० बर्ष राष्ट्रले खर्चेर स्थापित गरेको अवधारणा र आधारशिलालाई समेत “कुडा कंकड “भन्दै अन्धाधुन्ध बिस्थापित गर्ने ,खारेज गर्ने र ध्वस्त पार्ने काम भयो । राजनीतिलाइ राज्य संचालन को माध्यम मात्र हो भन्ने भन्दा पनि व्यक्तिगत फाइदा ,हठ र प्रतिष्ठाको दाउपेचको साधनको रुपमा प्रयोग गरेकोले आज नेपालको यो दुर्गति भएको हो ।
 “राजनैतिक हिसाबले नेपालले जस्तो विविध परिवर्तनपनि अरु देशले गरेको छैन । भुरे टाकुरे राजा ,सामन्त,र मुखियाको शासनबाट एकिकृत नेपाल तत्कालिन दरबार, भाइ भारदारको षडयन्त्रात्मक राजनीति ,राणा परिवारको शताब्दी लामो निरंकुशता ,१० बर्षे प्रजातान्त्रिक अभ्यास ,३० बर्षे पञ्चायत,२० बर्षे संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था र आज गणतन्त्र अभ्यासको पनि दशक को नजिक पुग्ने क्रममा छौ यस्तै मानसिकता मा देशको राजनीति अगाडी बढ्ने हो भने अर्को दशकमा पनि नेपाल ले स्थिर संबिधान वा राज्य संयन्त्र  नपाएर राष्ट्र नै विखण्डित वा अवसान हुने हो कि भन्ने  त्रास बढ्दै गएको छ ।”
 
  देश अहिले संबिधान बिहिन अबस्थामा छ भन्दा फरक पर्दैन ठुलो मूल्य चुकाएर आएको गणतान्त्रिक संबिधान मृतप्राय भएको अर्थात कार्यान्वयन हुने कुनै आशा छैन । अस्थिरता ,अपराध, अराजकताले शासन गरेको छ । तर एकछिन हामी प्रत्येकले सोचौं त ?   के यो अवस्थाको जिम्मेवार नेता  हरुमात्र हुन् त् ? पचास ,सय वा हजार जना अदुरदर्शी  नेताले मात्र यो देश बिगारेका हुन् त् ? होइन हामी लाखौ करौडौ नागरिक पनि  अझ बढी जिम्मेवार छौ । नीति नियम संबिधान कानुन भनेको त भै  राखेको मानविय सदाचार,व्यवहार  न बिग्रियोस भन्ने मात्र त हो। 
 
 यदि देशका नागरिक सज्जन भए सदाचारी भए ,इमान्दार सद्भाव राख्ने ,सहयोगी ,भए भने देश निर्माणको बाटो खुल्छ  साथै  इमान्दार र नैतिकवानहरुपनि तयार हुन्छन् । नेता भन्दापनि प्रत्येक नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारी महशुस हुनुपर्छ र तदनुरुपको  व्यवहार  समाजमा देखाउनुपर्छ । आफ्नो र सन्तानको भविष्य सुरक्षित गर्ने कामको चिन्ता नागरिकमा हुनुपर्दछ । अरुबाट सुबिधा खोज्नुभन्दा पहिले  अरुलाइ कति सुबिधा दिएको छु वा दिन सक्छु भन्ने सोच हामी नागरिकमा हुनुपर्छ। नेतृत्वको दम्भ ,कलह ,द्देष ,बिग्रह र असहिष्णुताको पृष्ठपोषक  हामी नागरिक बन्नु गलत हो ।
 
नागरिकमा अधिकारको सचेतनासँगै कर्तब्य र दायित्व बोध हुनुपर्छ । कर्तब्य बोधबिहिन अधिकारले नकारात्मक सन्देश मात्र दिन्छ । जबसम्म एकले अर्कोलाइ आदर सम्मान र समानताको व्यवहार गर्न सिक्दैनौ तब सम्म हामिलाई असक्षम र अदुरदर्शी नेतृत्वले  हतियारको रुपमा प्रयोग गर्न प्रोत्साहित हुन्छन् र हामीले चाहेको समाज परिवर्तनको सदिच्छा पुरा हुँदैन। समाज परिवर्तनको लागि राष्ट्रको सेना झैँ बिना आदेश निर्देश र रेखदेखमा  नै स्वयं अनुशासित नागरिकको उपस्थिति वा उदाहरण देशको प्रमुख आवश्यकता हो र यो आवश्यकतालाई नागरिक आचार संहिताको ग्रहण गर्ने र स्वयं निर्देशित भै व्यवहारमा देखाउन सक्नुपर्छ जसलाई सामान्य अंग्रेजी भाषामा हामि CIVIC SENSE भनेर बुझ्दछौं । 
 
सूचना प्रविधिको आजको समयमा नेपालीले पनि CIVIC SENSE भनेको के हो भनेर नबुझेका भने होइनन् , बुझेका छन् । अमेरिका ,जापान ,युरोप, अस्ट्रेलिया आदि देशका नागरिकहरुले देखाउने व्यवहार अनि ति देशमा  विकास निर्माण कसरी भयो ? कसरी सफलता हासिल गर्न सकिन्छ त्यो पनि थाहा छ तर बिडम्बना के भयो भने बुझेर पनि व्यवहारमा देखाउनुपर्छ भन्ने बोध नभएर वा  वास्ता नगरेको मात्र हो । सत्य चाँही के हो भने प्राय बुझ्नेले पनि यस्तो सचेतनालाई प्राथमिकतामा राखेर व्यवहार गर्दैनन्। यस्तो हुनुको मुख्य कारण हो परम्परागत जातीय,पदीय र सम्पतिको आडम्बर र  बर्गीकृत श्रेणीको समाज अर्थात नागरिकले समान मानविय मूल्य र मान्यताको सम्मान  र मर्यादा गर्न नसिकेको अवस्था हो  ।
आजका उच्च शिक्षा हासिल गरेका युवा पुस्ता  समेत अझै बाऊ बाजेको पद ,थर ,पेशा र सम्पतिलाइ आफ्नो सामाजिक प्रतिष्ठा ठान्दछन् । जबकि सत्य त उ जे हो अर्थात् उसको व्यक्तिगत हैसियत जे हो समाजले त त्यति नै देख्ने हो । यसले के महशुस गराउदछ भने हाम्रो समाजमा सामन्त र दासत्व जस्ता दुवै मानसिकता परिवर्तन हुन सकेको छैन । श्रेणीमा बर्गीकृत समाजलाई विस्थापन गर्न नागरिकमा “समान मानविय मूल्य र मान्यता “को सुत्रलाई आदेशात्मक वा “नागरिक आचार संहिता कानुन” को रुपमा लिने अनि व्यवहारमा देखाउन सफल हुने हो भने जात भात ,सानो ठुलो ,गरिब धनिका आधारमा हुँदै आएको वा गरिंदै आएका सबै नकारात्मक प्रवर्तिबाट समाजलाइ सजिलै मुक्त गर्न सक्दछौ ।
एक अध्ययनका अनुसार जापान सर्बाधिक CIVIC SENSE को मर्मलाइ व्यवहारमा देखाउन सफल समाज हो भने हाम्रो जस्तो समाज अत्यधिक LACK OF CIVIC SENSE ग्रस्त वा प्रकोपयुक्त हो । स्मरण रहोस जापानमा घर अनि स्कुलको प्रारम्भिक चरणदेखि नै SENSE OF RESPONSIBILITIES ,MEANING OF CIVIC SENSE ,DIFFINATION OF CIVIC SENSE ,PURPOSE OF CIVIC SENSE ,SENSE OF HUMOR ,SENSE OF BEAUTY जस्ता आधारभूत बिषयको बारेमा शिक्षा दिने गरिन्छ ।त्यसैले जापान संसारको एउटा उदाहरणीय मानबिय व्यवहारको समाज हुन सफल  भएको छ।
“सूचना प्रविधिको आजको समयमा नेपालीले पनि CIVIC SENSE भनेको के हो भनेर नबुझेका भने होइनन् , बुझेका छन् । अमेरिका ,जापान ,युरोप, अस्ट्रेलिया आदि देशका नागरिकहरुले देखाउने व्यवहार अनि ति देशमा  विकास निर्माण कसरी भयो ? कसरी सफलता हासिल गर्न सकिन्छ त्यो पनि थाहा छ तर बिडम्बना के भयो भने बुझेर पनि व्यवहारमा देखाउनुपर्छ भन्ने बोध नभएर वा  वास्ता नगरेको मात्र हो । सत्य चाँही के हो भने प्राय बुझ्नेले पनि यस्तो सचेतनालाई प्राथमिकतामा राखेर व्यवहार गर्दैनन्। यस्तो हुनुको मुख्य कारण हो परम्परागत जातीय,पदीय र सम्पतिको आडम्बर र  बर्गीकृत श्रेणीको समाज अर्थात नागरिकले समान मानविय मूल्य र मान्यताको सम्मान  र मर्यादा गर्न नसिकेको अवस्था हो  ।”
 
CIVIC SENSE को सानो उदाहरण हेरौं अभिवादन ! अभिवादन वास्तवमा प्रत्येकले प्रत्येकलाइ गर्ने एउटा सामान्य दैनिक व्यवहार वा औपचारिकता हो । जसले पहिले अर्को लाइ देख्छ वा मौका पाउछ उसले आ-आफ्नो भाषामा ( नमस्ते ,सेवारो .ओहायो गोदैमासु ,दो -ब्रा-एओ -त्रा,)गर्ने हो । अझ सभ्य समाजमा त अपरिचितसित पनि आँखा जुध्द्दा  HI ! वा समय अनुसार शुभ ,प्रभात शुभ मध्यान्ह ,शुभ साँझ वा शुभ रात्री भनेंन भनेपनि राम्रो मानिदैन । तर हाम्रो समाजमा अझै भ्रम छ कि जात ,पद ,र शासकीय संयन्त्रसितको पहुच वा  उच्च आर्थीक हैसियतको  हाउ भाउ देखाउनेलाइ अभिवादन गर्नुपर्दछ र कथित त्यस्ता ठुलाले भने आफ्नो मुडमा फर्काउने /न फर्काउने गर्दछन् यहि नै LACK OF CIVIC SENSE को साधारण रुप हो ।
 
अर्को उदाहरण हामी हमेशा नीति नियम वा पदीय जिम्मेवार बोकेका व्यक्तिलाइ दोष दिन्छौँ तर मैले राज्यको नीति नियमलाइ सम्मान र मर्यादा  गर्नुपर्छ त्यसको बिपरित हुने काम स्वयंपनि गर्न हुँदैन र अरुलाइ पनि त्यस्तो काममा दवाव वा प्रोत्साहित गर्नुहुन्न भन्नेतर्फ सोच्ने क्षमता राख्न सक्ने भएका छैनौ । सामान्य कुरो हेरौ त मन्दिरजस्तो पवित्र आस्थाको केन्द्र जान्छौँ तर त्यहाँ घन्टौ  पानि ,खेति ,बच्चा छोडेर लाइनमा बसेका सर्ब साधारणलाइ धकेल्दै कथित ठूलाहरु अगाडी बढछन् । यो नै “सामन्त र दास “अर्थात अमानवियताको ज्वलन्तता हो । 
सामान्यतया समाजको नेतृत्व बर्ग उदाहरणीय हुनुपर्छ भनिएता पनि नेतृत्वलाइ उदाहरणीय बन्न प्रभाव पार्ने दबाब दिने मुख्य तत्व त हामि नागरिक नै  हौ । समाजमा उच्च आत्मबल ,नैतिकता अनि इमान्दार नागरिकको बाहुल्य हुनुको अर्थ असल नेतृत्वको चयन अर्थात निर्बाचन हुनु हो अर्थात उदाहरणीय  नेतृत्व पाउनु हो । परिबर्तनको लागि नागरिकमा भरपुर CIVIC SENSE को व्यवहार हुनु पर्छ । CIVIC SENSE त्यस्तो मानविय उर्जा हो जसले व्यक्ति समाज र देशलाइ नै उच्च बनाउने गर्दछ । त्यस्तो नागरिकले देखाउने व्यवहारको उदाहरण हेरौं ।
 १९९५ तिरको कुरो हो व्यस्त शहर टोकियोको सार्बजनिक टेलिफोन बुथमा एक युबतीले जापानिज एन २००० मान (    )भएको झोला फेला पारिन् ।  कोठामा पुगिन् अनि फर्केर प्रहरीलाइ  त्यो झोला बुझाइन्  । बेवारिसे त्यो झोला र पैसाको बारेमा हक दाबी गर्न प्रहरीले सार्बजनिक सूचना संचारमा पठायो  ।  झोला बिर्सने खास व्यक्तिले प्रहरीकोमा सम्पर्क गरे स-प्रमाण त्यो पैसा आफनो कारखानामा काम गर्नेहरुको तलब थियो  । प्रहरी र सञ्चारले सोधे ति युबतीलाइ त्यो झोला तिमी राख्न सक्थ्यौ किन फिर्ता गर्यौ ? उनले भनिन् “मैले सोचे यो पैसा हराउने मानिस कति चिन्तित होला ? कति दुखि होला ? कति रोइरहेको होला ? कतै आत्महत्या त गर्दैन ? उसको पनि हो कि होइन अरु को पैसा(अफिस ) भएत झन कति गार्हो पर्या होला ! मलाइ मासिक ३० येनको जागिर नै काफी छ अरुलाइ रुवाएर यस्तो पैसा किन लिनु ?
“यदि देशका नागरिक सज्जन भए सदाचारी भए ,इमान्दार सद्भाव राख्ने ,सहयोगी ,भए भने देश निर्माणको बाटो खुल्छ  साथै  इमान्दार र नैतिकवानहरुपनि तयार हुन्छन् । नेता भन्दापनि प्रत्येक नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारी महशुस हुनुपर्छ र तदनुरुपको  व्यवहार  समाजमा देखाउनुपर्छ । आफ्नो र सन्तानको भविष्य सुरक्षित गर्ने कामको चिन्ता नागरिकमा हुनुपर्दछ । अरुबाट सुबिधा खोज्नुभन्दा पहिले  अरुलाइ कति सुबिधा दिएको छु वा दिन सक्छु भन्ने सोच हामी नागरिकमा हुनुपर्छ। नेतृत्वको दम्भ ,कलह ,द्देष ,बिग्रह र असहिष्णुताको पृष्ठपोषक  हामी नागरिक बन्नु गलत हो ।”
जापानको नै अर्को उदाहरण १९९२ को कुरो हो  साथी हाया कावा र म टोकियो भन्दा १०० कि.मी.  टाढा ओगावा शहर नजिकै पैदल हिड्दै थियौं एउटा ठूलो फार्म  देखापर्यो । फार्मको मुख्य ढोकामा उत्पादित साग सब्जी ,फलफुललाइ ब्यबस्थित तरिकाले प्याकिंग गरि राखिएको थियो साथमा एउटा बाकस (खुत्रुके )बिना मानवको  उपस्थितिमा त्यहाँ ब्यापार चलीरहेको थियो ।  जसलाई जे चाहिन्थ्यो लिन्थ्यो र लेखिएको मूल्य त्यो खुत्रुकेमा खसालेर जान्थ्यो । मेरो आँखाले जे देख्यो विश्वास गर्न गार्हो भयो । आफनो समाज अनुसार को मानसिकताको उपज प्रश्न तेर्सियो हाया कावा तर्फ यो उत्पादन वा पैसा भएको बाकस कसैले लादेन ? (चोर्दैन) ।  हाया कावाले असहज मान्दै भने अहँ त्यस्तो हुँदैन ।
तिमीलाई थाहा छ किसानले कति दुख मेहनत र खर्च गरेर  उत्पादन गरि हाम्रो सुबिधाको लागि राखीदिएको छ त्यस्तो अधर्मी अमानबिय सोच कसको हुनसक्छ जसले त्यो किसानको दु:ख पसिना महसुस गर्न नसकोस ? फेरी सोधें लाजै पचाएर यदि  त्यस्तो भयो भने ? उसले भन्यो त्यो काम सिर्फ कुनै बिदेशीले मात्र गर्न सक्दछ  कुनै जापानिजको त्यति कठोर मन हुनै सक्दैन । तसर्थ परिवर्तनको लागि प्रत्येक नागरिकले उदाहरणीय व्यवहार देखाउनुपर्दछ । सद्भाव ,सहयोग ,शान्त र मेरो कारणले अर्कोलाइ दु:ख पीडा ,असुबिधा र नोक्सानी नहोस् भन्ने सकारात्मक सोच राख्नुपर्छ । आफ्नो फाइदाको लागि अरुको भाग खोस्ने भन्दा आफ्नै क्षमतामा बिकल्प सोच्ने हुनुपर्छ, आफ्नो स्वार्थपूर्तिको लागि ढोका कुर्न जाने ,नाता जोड्न जाने र दबाब र प्रभाब पार्ने काम गलत हो भन्ने बुझ्ने क्षमता वृद्धि गर्न CIVIC SENSE अनिवार्य हुन्छ । 
 
नागरिकको ढोके प्रवृतिले नै नेतृत्व वर्गलाई अनैतिक ,भ्रष्ट र पथभ्रष्टतामा उक्साईरहेको छ । नेतृत्व बदनाम भैरहेको छ ,कमजोर भएको छ ,साँचो अर्थमा समाज वा देश परिवर्तन गर्ने हो  भने नागरिकमा सचेतना वा आचार संहिता (सिविक सेन्स ) ब्यबहारमा लागु हुनु अनिवार्य हुन्छ ।  अनिमात्र हामीले खोजेको जस्तो नेतृत्व राजनैतिक स्थायित्व सु-शासनको अपेक्षाले सकारात्मक परिणाम पाउन सफल हुनसक्छ । 
   
           हाल अमेरिका 
प्रकाशित मिती २०७४ साल श्रावण १७ गते मंगलबार 
प्रतिक्रिया दिनुहोस्