ऊनीका लागी ऊ : वीणा झा
“गार्डले समान ब्यबहार नगर्नु, कलेज ब्यबस्थापनमा उसको कुरा बुझ्न नचाहनु,बिध्यार्थीहरुले कक्षामा सहयोग नगर्नु , घरको कार्यमा कसैको सहयोग नहुनु तथा कलेजले असजिलो हुनेगरि समय तालिका परिबर्तन गरिदिनु यो सबमा प्रत्यक्ष सहभागी पुरुषहरु नै साँच्चै दोषी हुन् कि समाज, संस्कृति र शिक्षा ? जन्मेदेखि एउटा पुरुषलाई जुन किसिमले लैंगिकरण गरियो उसको ब्यबहार र जिम्मेबारीलाई जुन आकार दिईयो र त्यसैलाई निरन्तरता दिन सहयोगी पुस्तकका पाठहरु पढाईयो अब ती पुरुषहरुलाई मात्रै दोषी भन्न त मिल्छ त ?”
– वीणा झा ,समाजशास्त्री ,
मार्च महिलाको पहिलो साता विशेषगरी महिला बिषयले प्राथमिकता पाउने चलन पछ्याउदै एउटा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगें । कार्यक्रम स्थलमा पुग्दा मसंगै रहेकी साथी अचानक अत्यन्तै प्रफुल्लित भइन् । गेटमा रहेका महिला गार्डले रजिष्ट्ररमा हाम्रो जानकारी समेटी भित्र जाने इशारा गर्दा, समान पेशामा रहेकी ती साथीले मेरो हात समाती एकछिन संगै बसौं भन्दै केहि कुरा भन्न खोजेकोले म पनि उत्सुक भई एउटा कुना तर्फको मेचमा संगै बस्यौं ।
अलि गम्भीर हुँदै साथीले भनिन्, थाहा छ ? हरेक संस्था / कार्यस्थलमा महिला गार्ड नै राख्नुपर्छ । म एकछिन अचम्म परें, फेरी सोचें मार्च महिनाको असर होला तर चुप बस्न सकिन , किन ? भनेर सोधीहालें , उनले भनिन् मलाई त कलेज जानै मन लाग्दैन , हाम्रो कलेजमा पुरुष गार्ड छन् त के भो ? भनि जिज्ञाशा राख्दा , उनि अलि भाबुक हुदै भनिन् , गेटमा पुग्दा सबै पुरुष सहकर्मीलाई स्यालुट गर्छन् तर मलाई देखे कि नदेखे झैँ यता उता हेर्न थाल्छन् मलाई बडो असहज लाग्छ स्यालुट नै नगरे पनि म देख्ना साथ उसको ब्यबहारमा आएको परिबर्तन मन पर्दैन ।
एकछिन त म शब्द बिहिन भएँ अनि फेरी उसको आँखामा हेर्दै सोधें तिमीले कलेज म्यानेजमेन्टलाई भनिनौं ? मेरो प्रश्न सकिन नपाउदै, अनुहारमा बिरक्तपन झल्काउदै पिडा पोखिन, भनेको हो एउटा स्टाफ मिटिंग कै बेला कुरा राखें तर सबै जना गलल हाँस्न थाले र मुख्य कुर्सीमा आसिन व्यक्तिले भने के आइमाई कुरा गर्नुभएको ? आजको मुख्य एजेन्डाहरु, कलेज ब्यबस्थापन बलियो बनाउने , आउन लागेको जांचको प्रश्न पत्रमाथि छलफल गर्ने …………..त्यस पछी के के भने मैले केहि याद नै गरीन ।
उनको कुरा सुन्दै गर्दा अर्का सहकर्मीको याद आयो जो अहिले शिक्षण पेशा छोडी हाल घरमै बसेकी छिन् उनको अनुभव पनि कम पीडादायी थिएन हरेक दिन कक्षा कोठा उनका लागी संघर्षको मैदान सरह थियो रे कक्षाको लागी जानु अगाडी घर बडार्नु, खाना पकाउनु, सबैलाई खुवाउनु अनि जुठो भाडा राखी घर बाहिर जान नहुने हुँदा भाडा माजी कक्षामा पुग्नुपर्ने बाध्यता , त्यसपछि प्रस्तुतीकरणले बिध्यार्थी असन्तुस्ट, म्यानेजमेन्टको गुनासो,तपाईको स्वर ठुलो पार्नुस, कक्षामा बिध्यार्थीले केहि सुनेनन् , अलि बढी मिहनेत गर्नुस , त्यतीले नपुगेर ऊनलाई सोध्दै न सोधी बिहानैको क्लास राखी दिए पछी त कलेज न छोडी भो त ? घर बडार्नु , चिया पकाउनु ,खाना तयार गर्नु छोडेर कलेज जान सम्भव भएन ।
त्यतीबेला पनि मलाई असहज लागेको थियो , सिंहदरबारभित्र जागीर भएको श्रीमान , काठमाण्डौका नाम चलेको बिध्यालयमा माध्यमिक स्तरमा पढ्ने दुई छोराहरु , चार जना शारीरिक र मानसिक रुपमा पूर्ण स्वस्थ व्यक्तिहरु रहेको परिवार , तरपनि समय अभाबले काममा निरन्तरता दिन सम्भब न भएर कलेज छोडेको बाध्यता ।
काठमाण्डौमा सय भन्दा माथीको संख्यामा रहेका कलेजहरुमा २% पनि नपुग्ने महिला लेक्चररहरुको संख्या किन यति न्यून छ ? पेशा प्रति लगाव नभएर कि पढाउने क्षमता नभएर ?
“यसपालीको १०७औ अन्तराष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा थियो, महिला समानताको आधार शिपयुक्त हात र स्वरोजगार ,यसको लागी वातावरण सिर्जना गर्ने जिम्मा कसको ? भएको काममा समानता र सम्मानको अभाबमा उब्जिदै गएको बितृष्णालाई घटाउन सम्बन्धित सबै पक्षलाई समय मै जेन्डर सेन्सटाइज गराउन आवश्यक छ नत्र सन् २०३० सम्म लक्षित गरिएको लैंगिक समानता कसरी प्राप्त गर्ने ?”
भनिन्छ एक सन्तानको लागी सबभन्दा ठुलो गुरु आमा हुन् किनकि सबभन्दा पहिला आमाले नै सिकाउछिन् , करिब ३०० को हाराहारीमा काठमाडौँमा रहेका पुर्ब प्राथमिक बिध्यालयहरु जहाँ स-साना नानीहरु बोलि स्पस्ट नफुट्दै पुग्छन् तिनलाई केहि सिकाउन सजिलो छैन , त्यसका लागी लगभग १००% नै महिला शिक्षीकाहरु छन, भाषाको ज्ञान नभएका ,कम्पुटर इन्टरनेटबाट स्वयं अध्यन गर्न नसक्ने अवस्थाका ती अबोध नानीहरुलाई पहिलो अक्षर सिकाउन सक्ने महिला शिक्षिका, माध्यमिक तह हुदै कलेज स्तर सम्म पुग्दा त औलामै गन्न सकिने संख्यामा भेटिन्छन् ।
सिकाउने क्षमतानै नहुँदो हो भने कसरी कोरा नानीहरु लाई सिकाउन सकेका छन् त ? यदि कलेजका बिषयगत ज्ञानको अभाबको कुरा गर्ने हो भने त्यो बिषयमा डिग्री नभैकन त कोहि पनि त्यहाँ पुगेका हुँदैनन् । कतिपय कलेजहरुमा त एकजना पनि महिला लेक्चरर नै नरहेको अवस्थासम्म पनि छ र अति न्यून संख्यामा रहेका महिला लेक्चररहरु प्रायः उस्तै उस्तै ब्यबहारगत समस्याहरु भोग्दै कोहि लागी रहने त कोही छोड्ने गरेका भेटिन्छन् । यसको मुख्य कारण एक महिलाको वरिपरी रहेको संसार लिंग संबेदिकरण नभएकोले हो कि ? जबसम्म सम्बन्धित कुरा बारे संबेदनशिलता हुदैन तबसम्म उक्त कुरासंग सम्बन्धित कार्य र ब्यबहारहरु उपेक्षित भै रहन्छन् ।
माथिका अवस्थाहरुमा गार्डले समान ब्यबहार नगर्नु, कलेज ब्यबस्थापनमा उसको कुरा बुझ्न नचाहनु,बिध्यार्थीहरुले कक्षामा सहयोग नगर्नु , घरको कार्यमा कसैको सहयोग नहुनु तथा कलेजले असजिलो हुनेगरि समय तालिका परिबर्तन गरिदिनु यो सबमा प्रत्यक्ष सहभागी पुरुषहरु नै साँच्चै दोषी हुन् कि समाज, संस्कृति र शिक्षा ? जन्मेदेखि एउटा पुरुषलाई जुन किसिमले लैंगिकरण गरियो उसको ब्यबहार र जिम्मेबारीलाई जुन आकार दिईयो र त्यसैलाई निरन्तरता दिन सहयोगी पुस्तकका पाठहरु पढाईयो अब ती पुरुषहरुलाई मात्रै दोषी भन्न त मिल्छ त ?
यसपालीको १०७औ अन्तराष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा थियो, महिला समानताको आधार शिपयुक्त हात र स्वरोजगार ,यसको लागी वातावरण सिर्जना गर्ने जिम्मा कसको ? भएको काममा समानता र सम्मानको अभाबमा उब्जिदै गएको बितृष्णालाई घटाउन सम्बन्धित सबै पक्षलाई समय मै जेन्डर सेन्सटाइज गराउन आवश्यक छ नत्र सन् २०३० सम्म लक्षित गरिएको लैंगिक समानता कसरी प्राप्त गर्ने ?
प्रायजसो महिला अधिकारका लागी गरिने अन्तरक्रिया, विचार गोष्ठी र कार्यक्रमहरुमा महिलाको मात्रै सहभागिता गराई कतै अधुरो प्रयासले पूर्ण सफलता पाउन खोजिएको त होइन ? हुन त के पर्छ भने महिला र पुरुषको समान सहभागितामा जेन्डर सेन्सीटाइजेसन प्रयासहरु बिध्यालय स्तरका पाठहरुमा समाबेश गर्नुका साथै बिभिन्न उमेर र पेशामा रहेका व्यक्तिहरुलाई पनि जेन्डर सेन्सीटाइज गरिनुपर्छ जसले गर्दा समाजमा एक लिंगका समस्या अर्कोले सजिलै बुझ्न सक्छन् र लैगिक असमानतालाई कम गर्न सामुहिक प्रयास गर्न सकिन्छ ।
बिशेष गरि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मनाइने कार्यक्रमहरुमा पनि समाजका ती साधारण पुरुषलाई सम्मान सहित प्रोत्साहित गरिनुपर्छ जसले आफ्नो वरिपरिका महिलालाई पूर्ण साथ र सहयोग गरेको छ न कि ठूला ठूला नाम चलेका व्यक्तित्वलाई असलमा he for she त्यहि समाजभित्र खोजि सबै सामु सम्मानित गरिंदा घर घरै he for she बन्न प्रोत्साहित हुन्थे र सबै निकायमा सडकदेखि सदनसम्म जताततै he for she भेटिन्थ्यो र लैंगिक समानता शब्दमा होइन ब्यबहारमा महसुस गर्न सकिन्थ्यो ।
प्रकाशित मिती २०७४ साल असार २६ गते सोमबार
लेखिका स्वतन्त्र पत्रकार हुन् ।