Logo

पर्यटन प्रवर्द्दन एवं विस्तारको लागि जापानस्थित नेपाली राजदूतावासमा छलफल कार्यक्रम सम्पन्न

स्तावेज संवाददाता २३ असार २०७४ , टोकियो जापान – जापानस्थित नेपाली राजदूतावासमा नेपालको पर्यटन प्रवर्द्दनलाई अझ विस्तार गर्ने उद्देश्यले भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा जापानमा पर्यटनको क्षेत्रमा क्रियाशिल विभिन्न व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले सबैलाई धन्यवाद दिँदै दुई देशबिचको सम्बन्ध अझ प्रगढ बनाउँदै आर्थिक विकासमा अगाडि बढ्न सबैसँग अपिल गर्नुभएको थियो । 

कार्यक्रममा सहभागिहरुले दुई देश बिचको भाषा सँस्कृतिको बारेमा जिज्ञासा राखेका थिए । त्यस्तै जापान र नेपालको बिचमा सिधा हवाई सम्पर्कको बारेमा पनि छलफल भएको जापानस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उठेका सवालहरुबारे उपनियोग प्रमुख कृष्णचन्द्र खनालले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्