Logo

विश्वभर फैलियो साईवर आक्रमण युक्रेनमा दुई हजार जना पीडित भएको खुलासा

स्तावेज,असार १७, शनिवार,२०७४,किभ –  युक्रेनमा यसै हप्ता भएको बृहत साइवर आक्रमणमा परी दुई हजार जना भन्दा बढी पीडित भएका छन् । युक्रेनको राष्ट्रिय प्रहरीले शुक्रबार जारी विज्ञप्तिमा उक्त जानकारी दिएको छ । युक्रेनका कम्युटर सञ्जाल अन्तरगतका कम्तीमा पनि दुई हजार १०८ वटा कम्युटर भाइरसले असर पारेको र कम्युटरमा भएका विवरण हेर्न नमिल्ने भएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

 एक सय ११ वटा सरकारी कार्यालय र ३०९ वटा निजी कम्पनीले औपचारिक रुपमा सो साइबर आक्रमणको निवेदन प्रहरीसमक्ष दर्ता गरेका थिए । साइबर आक्रमणको भीषण लहर गत मङ्गलबारबाट विश्वव्यापी रुपमा नै चलेको छ । साइबर आक्रमणबाट युक्रेन, रुस, युरोपेली सङ्घका देशहरु, अमेरिका लगायत अन्य देशहरुका कम्पनीहरु प्रभावित भएका छन् ।

युक्रेनको मन्त्री परिषद , केही मन्त्रालय, केही अन्य सरकारी तथा सम्वेदनशील कार्यालय, सवै भन्दा ठूलो विमानस्थल, रेल सेवा, विभिन्न बैंक लगायतका कार्यालयका कम्युटरमा पनि साइबर आक्रमण भएको सो विज्ञप्तिमा उल्लेख छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्