Logo

अमेरिकामा सरकारी कम्प्युटर ह्याक गरिएको खुलासा

सिकागो ,अमेरिका असार १३, २०७४- अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यको सरकारी कार्यालयका कम्प्युटर आतंककारी समूहले ह्याक गरेको पाइएको छ ।  कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि ती कार्यालयका कम्प्युटर आइतबार बन्द गरिएका थिए । ती कम्प्युटरका मनिटरमा आतंककारी समूह आईएसको समर्थनमा लेखिएका सन्देश मात्र देखिने र काम नगर्ने भएपछि कम्प्युटर ह्याक भएको प्रमाणित भएको थियो । ओहायो राज्यका गभर्नरको कम्प्युटरसमेत ह्याक भएको थियो । 

– एएफपी सिकागो 

प्रतिक्रिया दिनुहोस्