Logo

ह्वाइटहाउसमा क्यामेरा लैजान प्रतिबन्ध, सीएनएनले प्रयोग गर्‍यो स्केच आर्टिस्ट

             कलाकार बिल हेनेसीले बनाएको ह्वाइटहाउस प्रेस ब्रिफिङको स्केच,तस्बिर – सीएनएन

सार ११, २०७४- ह्वाइटहाउसले आफ्ना केही प्रेस ब्रिफिङमा टेलिभिजन क्यामेरा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धपछि सीएनएनले प्रेस ब्रिफिङको दृश्यका लागि स्केच आर्टिस्ट प्रयोग गरेको छ । ह्वाइटहाउसको शुक्रबारको प्रेस ब्रिफिङका लागि सीएनएनले चर्चित स्केच आर्टिस्ट बिल हेनेसीलाई पठाएको थियो । हेनेसीले ब्रिफिङ गर्ने कोठाको पछाडि बसेर त्यहाँको दृश्य उतारेका थिए । हेनेसी सीएनएनका लागि अदालती सुनुवाइको स्केच उतार्ने कलाकार पनि हुन् । उनले लामो समयदेखि अदालती सुनुवाइको स्केच उतार्दै आएका थिए । क्लिन्टनको महाअभियोग प्रक्रिया, आतंकवादी मुद्दाको सुनुवाइ, ग्वान्टानामो बेका बन्दीको सुनुवाइलगायतमाथि उनले स्केच बनाएका थिए ।

  यसअघि अधिकांश प्रेस सेक्रेटरीले नियमित रूपमा क्यामेरा सहित नै प्रेस ब्रिफिङ आयोजन गर्थे । तर डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि क्यामेरा सहितको प्रेस ब्रिफिङमा कटौती गरिएको छ । ट्रम्पका प्रेस सेक्रेटरी सिन स्पाइसर र उप–प्रेस सेक्रेटरी सराह स्यान्डर्सले जुन महिनामा ४ वटा ब्रिफिङमा मात्र क्यामेरालाई अनुमति दिए । ह्वाइटहाउसले ब्रिफिङको प्रत्यक्ष अडियो प्रसारणमा समेत प्रतिबन्ध लगाएको छ । 

 श्रोत सिएनएन

प्रतिक्रिया दिनुहोस्