Logo

अन्ततःकतारलाई एक्लो बनाईयो,सात राष्ट्रद्धारा सम्वन्धबिच्छेदको घोषणा

“अन्य मुलुकको देखासिकी गरी कतारसँग सिमाना जोडिएको एकमात्र मुलुक साउदी अरबले समेत सीमाना बन्द गरेको छ । इजिप्टले हवाई तथा जलसम्वन्ध तोड्दै आफ्ना कुटनीतिक पदाधिकारीहरु फिर्ता बोलाएको छ । साथै कायरोस्थित राजदूतलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ भने साउदी अरेबिया,यूएई र बहराइनले आफ्ना देशमा रहेका कतारी नागरिकलाई दुई साताभित्र देश छाड्न निर्देशन दिएका छन् । यसका साथै यीतिनै मुलुकले आफ्ना देशका नागरिकलाई कतार भ्रमणमा समेत रोक लगाएका छन् । यूएईको विमान सेवा एयर अरेविया इमिरेट्स,इत्तिहाद र फ्लाई दुवई तथा साउदी अरेबियाको साउदिया बिमानले कतारका उडान रद्ध गरेका छन्  “

              – दीपशिखा शर्मा 

दोहा,कतार,असार ११ गते आईतबार – विश्व मानचित्रमा नेपालबाट पश्चिम क्षेत्रमा पर्ने खाडी मुलुकबिचको आपसी खिचातानी पछिल्लो समय तनावग्रस्त रुपमा सतहमा आएको छ । सन् २०२२ मा विश्वकप फुटवलको तयारी गरिरहेको कतारलाई गत सोमवार अचानक ईस्लामिक स्टेट,मुस्लिम ब्रदरहुड,अलकायदा लगायतकाआतंकवादी लडाकु समुहलाई आर्थिक सहयोग गरेको एवं आपसी मतभेद बढाउने गतिविधि गरेको अभियोगमा ७ वटा मुलुकहरुले कतारसँग कूटनीतिक सम्वन्धविच्छेद गरेका छन् । कतारसँग अनिश्चितकालको लागि सम्वन्धविच्छेद गर्ने देशहरुमा साउदी अरेबिया,संयुक्त अरब ईमिरेट्स  (यूएई),बहराइन,लिविया,यमन,माल्दिभ्स र इजिप्ट रहेका छन् । कतारले भने छिमेकी मुलुकहरुले आफ्नो राष्ट्रप्रति लादेको आकस्मिक निर्णय अनुचित रहेको एवं तथ्यहिन भएको ठाडो प्रतिक्रिया दिंदै आएको छ ।
     अन्य मुलुकको देखासिकी गरी कतारसँग सिमाना जोडिएको एकमात्र मुलुक साउदी अरबले समेत सीमाना बन्द गरेको छ । इजिप्टले हवाई तथा जलसम्वन्ध तोड्दै आफ्ना कुटनीतिक पदाधिकारीहरु फिर्ता बोलाएको छ । साथै कायरोस्थित राजदूतलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ भने साउदी अरेबिया,यूएई र बहराइनले आफ्ना देशमा रहेका कतारी नागरिकलाई दुई साताभित्र देश छाड्न निर्देशन दिएका छन् । यसका साथै यीतिनै मुलुकले आफ्ना देशका नागरिकलाई कतार भ्रमणमा समेत रोक लगाएका छन् । यूएईको विमान सेवा एयर अरेविया इमिरेट्स,इत्तिहाद र फ्लाई दुवई तथा साउदी अरेबियाको साउदिया बिमानले कतारका उडान रद्ध गरेका छन् ।
      कतारले विश्वकपका लागि कूटनीति अवलम्बन त गर्‍यो तर उसले आफूमाथि आईलाग्ने सम्भावित खतरालाई नजर अन्दाज गर्न सकेन । विविध कारणवश पश्चिमा मुलुक सँग उसको सम्वन्ध सुमधुर हुन सकेन । कतारबाट प्रसारित हुने अलजजिरा टीभीले पश्चिमा सञ्चार माध्यमहरुसँग प्रतिस्पर्धा गर्न थालेपछि यो पश्चिमा मुलुकको प्रतिद्धन्दीजस्तै बन्नपुग्यो । जसको फलस्वरुप उसले आफ्नो छिमेकी मुलुकलाई पनि साथलिन सकेन । परिणामतः कतारले आज यो बिपत्तीको सामना गर्नु परिरहेको छ । कतारमा आफ्नो मुलुकका नागरिक भन्दा अन्य मुलुकका नागरिकको संख्या चार गुणा बढि रहेको दावी गरिएको छ । साउदीसँग कतारको सम्वन्ध पहिल्यैदेखि चिसो रहेको थियो । कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना फिर्ता बोलाएर ‘अरबिक समुह’बाट पन्छिएको आरोप यसअघि नै साउदी अरबले लगाउँदै आएको थियो ।

        कतार सरकारबाट सञ्चालित सञ्चार माध्यमहरुले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक शक्तिलाई कमजोर पार्ने कोशिस गरेको समेत जनाएको छ । कतार र साउदी दुवै मुलुकसँग अमेरिकाको सम्वन्ध निकै निकट मानिन्छ । यी दुई मुलुकबिच अहिले बिकसित भएको घटनाक्रममा पनि अमेरिकी सम्वन्ध जोडिएको बताइन्छ । यो घटनाले कतार खाडी मुलुकमा एक्लिएको छ । यसलाई कतार इरानसँग निकट हुन पुगेको संकेतमा बिज्ञहरुले लिएका छन् । तथापी केही खाडी मुलुकहरुले कतारको बारेमा अहिल्यै बोलिसकेका छैनन् ।

नेपाली कामदार अन्योलमा

कतार नेपाली कामदारहरुका लागि प्रमुख गन्तव्य हो । त्यहाँ झण्डै ४ लाख नेपाली कामदार निर्माण लगायत बिभिन्न सेवामा कार्यरत रहेको अनुमान गरिएको छ । वैदेशिक रोजगार बिभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर ९ लाख नेपाली कतारमा कामगर्न गइसकेका छन् । बिभिन्न मुलुकले गरेको सम्वन्ध बिच्छेदबाट नेपालबाट गएका कामदारहरु पनि प्रत्यक्ष मारमा पर्नेछन् । अपितु छिमेकी मुलुकले गरेको कूटनीतिक सम्वन्ध बिच्छेदबाट तत्काल आत्तिनुपर्ने अवस्था नरहेकोे कतारका लागि पूर्व राजदूत डा.सूर्यनाथ मिश्रले बताउनुभएको छ ।

   कतार पूर्ण रुपमा साउदी अरब र युएईसँग निर्भर नरहेको र ती देशसँग कूटनीतिक सम्वन्ध बिग्रँदैमा कामदारहरुको रोजगारमा असर नपर्ने उहाँको जीकिर छ । कतारले ठूलो हिस्सामा निर्माण सामग्री र खाद्यान्न समुन्द्री मार्गबाट ल्याउने गरेको छ । दैनिक जीवनयापनका लागि चाहिने मुख्य खाद्यान्न भारत,बंगलादेश र पाकिस्तानबाट आपूर्ति गर्ने हुनाले अहिल्यै अनावश्यक चिन्तालिनु नपर्ने जानकारी कूटनीतिक नियोगबाट प्राप्त भएको छ । त्यसको साथै कतारको परराष्ट्र मन्त्रालयले आप्रवासी र नागरिकको सामान्य जीवनमा केही असर नपर्ने जानकारी गराउँदै सर्बसाधारणलाई ढुक्क हुनआग्रह गरेको छ ।

नेपालीहरुको अवस्था बुझ्न कूटनीतिक नियोगलाई निर्देशन

खाडी मुलुकमा हालसालै भएको घटनाबारे अध्ययन अनुसन्धान गरि यथासिघ्र जानकारी गराउन परराष्ट्र मन्त्रालयले त्यहाँ स्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । दूतावासबाट हचुवाको भरमा छिमेकी मुलुकको आन्तरिक मामलामा टिका टिप्पणी नगर्न समेत उनीहरुलाई निर्देशन दिइएको छ । यमन बाहेक अरु सबै मुलुकमा नेपाली दूतावास रहेको छ । परराष्ट्र मन्त्रालयले कतार,साउदी अरब,ओमान,बहराइन,युनाईटेड अरब इमिरेट्स,कुवेत र ईजिप्टबाट यस्तो अध्ययन माग गरेको हो ।

  [email protected]

प्रकाशित मिती,असार ११ गते आईतबार

प्रतिक्रिया दिनुहोस्