Logo

जेसीबीको आधिकारिक आउटलेट बनेपामा

सार ९, २०७४-  एमएडब्लू अर्थ मुभर्सले बनेपामा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । यहाँबाट जेसीबीका ग्राहकले विश्वस्तरीय अफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लू अर्थ मुभर्सले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको जारी विज्ञप्तिमा छ । 

     नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो । रिटेल आउटलेट सुरु गरेको हो जसबाट जेसीबीका ग्राहकले भरपर्दो  ‘आफ्टर सेल्स सर्भिस’ र स्पेयरको सुविधा पाउनेछन् । 

       नयाँ ‘एआरओ’को उद्घाटन काभ्रे उध्योग वाणिज्य संघका सदस्य द्दय सुर कृष्ण बैध्य र दिल सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । एमएडब्लु अर्थ मुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै गल्छी, दोलखा, लाहान र हेटौडामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । 

   जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनकोको लोकप्रियता बढेको छ । नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनिको दाबी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्