Logo

चुडामणि शर्माबारे किन यसरी भ्रम छर्दै छन् मिडिया ?आखिर के हो त वास्तविकता ?

न्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा नेपाल सरकारको सचिवमा बढुवाका लागि १ नम्बर सिफारिशमा परेको भन्दै अर्थ मन्त्रालयबाट यही जेठ १९ गते शुक्रबारका दिने टेलिफोनबाट जानकारी गराइयो । सचिवमा बढुवामा परेका शर्मालाई साथिभाइले बधाइ दिइरहेको थिए ।
  शर्मा लाजिम्पाटस्थित उनको कार्यकक्षमै थिए अचानक फिल्मी शैलीमा शर्माको कार्यकक्षमा अख्तियारका कर्मचारीको प्रवेश भयो ।अख्तियारका कर्मचारीले अख्तियारका प्रमुख आयुक्तज्यूले बोलाउनु भएको छ भनी जनाउ दिएपछि शर्माले आफ्नो कार्यकक्षबाटै अख्तियारका नवनियुक्त प्रमुख आयुक्त दीप बस्न्यातलाई टेलिफोन गरी टंगालस्थित अख्तियारको कार्यालयतिर प्रस्थान गरे । अख्तियारको कार्यालय परिसरमा पुगेपछि मात्रै शर्मालाई पक्राउ गरिएको जानकारी गराइयो ।

महानिर्देशक शर्मालाई पक्राउ गरिएको समाचार सञ्चारमाध्यमहरूमा व्यापक भयो । पक्राउ पर्नाको कारण के होला भन्ने जिज्ञासा पनि त्यत्तिकै व्यापक भयो । तर शर्माको बढुवाका सम्बन्धमा अर्थ मन्त्रालयले गरेको निर्णय सम्बन्धि समाचार मोफसलका मिडियामा प्रकाशित प्रसारित भएनन् । अख्तियारले उनलाई पक्राउ गर्नाको कारण ‘कर फछ्र्यौट आयोगबाट गरिएको कर मिनाहासम्बन्धी निर्णयहरूमा भ्रष्टाचार गरेको अभियोग भएको र सम्बन्धित कागजातहरू नष्ट गर्ने सम्भावनालाई मध्यनजर गरी नियन्त्रणमा लिइएको’ भनियो ।
हाल अख्तियारका प्रमुख आयुक्तमा कार्यरत रहेका दीप बस्न्यात पनि विगतमा आन्तरिक राजस्व विभागको महानिर्देशकका हैसियतबाट कर फछ्र्यौट आयोगमा जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन । शर्मालाई एक वा दुई दिन मात्रै फसाइयो भने पनि उनको ठाउँमा अर्को व्यक्ति सविचमा बढुवा हुने सम्भावना अत्यधिक थियो । त्यही भएर कोही कसैले उनी विरुद्ध यसरी खेल्यो कि मानौं अब शर्मा कहिले पनि उठ्न नसकून् ।

    महानिर्देशक शर्माले एनसेलको कर प्रकरणमा पनि आर्थिक चलखेल गरेको भनी केही सञ्चारमाध्यमहरूमा समाचार आइरहेकै बेला एनसेलका तर्फबाट १३ अर्ब ६० करोड रुपियाँ पुँजीगत लाभकर वापतको राजस्व सरकारलाई बुझायो भन्ने समाचार पनि आइतबार र सोमबार सञ्चार माध्यमहरूमा प्रशारित र प्रकाशित भए ।

   महानिर्देशक शर्माले एनसेललाई लाभकर तिर्नु नपर्ने भनी संरक्षण गरिरहेको भन्ने आरोप सत्य रहेनछ भन्ने कुरा एनसेलले कर दाखिला गरिसकेपछि प्रमाणित भइसकेको छ । यसले गर्दा शर्माका विरुद्धमा अख्तियारको अभियोग प्रमाणित हुन सक्ने अवस्था देखिएको छैन । एनसेलको कर प्रकरणमा पनि आर्थिक चलखेल गरेको भन्ने आरोप उनीमाथि छ । तर उनकै पालामा एनसेलका तर्फबाट १३ अर्ब ६० करोड रुपियाँ बराबरको पुँजीगत लाभकर वापतको राजस्व सरकारलाई बुझाइएको थियो । सोसँगै एनसेललाई लाभकर तिर्नु नपर्ने भनी संरक्षण गरिरहेको भन्ने शर्मा माथिको आरोप अन्ततः आरोपमै सीमित भयो । त्यसकारण पनि शर्माका विरुद्धमा अख्तियारको अभियोग प्रमाणित हुनसक्ने अवस्था ज्यादै कम छ ।

  कर फर्स्यौट आयोग ऐन २०३३ को दफा ५ मा यस्तो व्यवस्था छ, ‘उपदफा ९४० बमोजिम दुईजना सदस्यको उपस्थितिमा कर सम्बन्धी विषयमा कारबाही वा किनारा गर्दा दुई जनाको मतैक्य हुन नसकेमा पहिले अनुपस्थित रहने सदस्यले समर्थन गरेको राय आयोगको निर्णय मानिने छ । बहुमत कायम हुन नसकेमा उपदफा ९३० बमोजिम हुनेछ ।’ सोही ऐनको दफा ३ मा ‘तीनै जना सदस्यहरूको भिन्दाभिन्दै राय भई बहुमत काम हुन नसकेमा अध्यक्षको राय आयोगको निर्णय मानिनेछ ।’ 

यसरी कर फर्स्यौट आयोगले गरेको निर्णयमा सबैभन्दा बढी जिम्मेवार आयोगका अध्यक्ष रहने कुरा स्पष्टै छ । अख्तियारले प्रमाण नष्ट हुन सक्ने आशंकामा शर्मालाई नियन्त्रणमा लिइएको स्पष्टीकरण सार्वजनिक गरेको छ । कर फछ्र्यौट आयोग ऐन २०३३ को दफा १४ मा यस्तो व्यवस्था छ,

लिखित गोप्य रहनेः आयोगमा प्रस्तुत गरिएका कागजपत्रहरू तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुराहरू गोप्य राख्नु पर्ने छ । त्यस्तो कागजपत्रहरू र गोप्य कुराहरू कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमति बिना कुनै अधिकारीले निरीक्षण वा अनुसन्धानको लागिसमेत माग गर्न सक्ने छैन ।’

सोही ऐनको दफा १७ मा यस्तो व्यवस्था छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम बमोजिम असल नियतले गरेको वा गर्न खोजिएको कुनै काम कारबाहीको निमित्त आयोग, आयोगका कुनै सदस्य वा आयोगका आदेश तथा निर्देशनबमोजिम काम गर्ने कुनै व्यक्तिको विरुद्ध कुनै मुद्दा वा कानुनी कारबाही चलाउन पाउनै छैन ।’ शर्माले २५ रोपनी जग्गामा बङ्गला बनाएको भनेर समाचार सम्प्रेषण भएको छ । तर उनको घर जम्मा २३ आनामा बनेको उनको परिवार स्रोतले जनाएको छ । सो घर डेढ तले छ र मिडियामा भनिए जस्तो रिमोट सिस्टमा ढोका खोलीने भन्नु भ्रामक हो । घरमा बाहिरी र भित्रि गरेर जम्मा २ वटा गेटहरु छन् मिडियामा ७ वटा गेट पार गरेर घर छिर्नु पर्छ भन्ने कुरा गलत हो ।
    महानिर्देशक शर्माकी श्रीमती प्रोफेसर हुन । श्रीमती शर्मा गाडी त चढ्छिन् तर उनी जम्मा ७ लाख रुपैयाँमा सेकेण्ड ह्याण्डमा किनेको अल्टो चढ्ने गरेकी छन् । उनी तरकारी किन्न जाँदा ५० लाखको गाडी चढ्छिन् भनेर लेखिएको समाचार पनि भ्रमपूर्ण भएको पाइयो ।
शर्माले बुढानिलकण्ठमा सालीको नाममा १२ रोपनि जग्गामा घर बनाउन लागेको समाचारहरु पनि मिडियामा आए । वास्तवमा शर्माकी सालीले जम्मा १२ आना जग्गामा घर बनाउन लागेकी हुन । शर्माकी साहिली सालीका पति पेशाले डाक्टर हुन । उनले आफ्नो स्वआर्जनमा सो घर बनाउन लागेका हुन ।
   शर्मा लोकसेवा आयोगका किताब लेख्ने ख्यातिप्राप्त लेखक हुन् । उनले अहिलेसम्म ४ करोडको किताब बेचेको तथ्याङ्क नै छ । शर्माले लेखेका ४३ वटा किताव बजारमा सजिलै उपलब्ध छन् । यि किताबको प्रत्येक बर्ष रिइडिसन निस्कने गर्दछ । यसका अलावा शर्माले लोकसेवा सम्बन्धि कोर्सबारे विभिन्न इन्स्टिच्युटमा कमाण्डो क्लास लिने गर्दछन । एउटा क्लास लिए बापत उनी १२ हजार सम्म लिने गरेका छन् ।

बुधबार, जेष्ठ ३१ , २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्