Logo

नासाले पत्ता लगायो ७१५ ओटा नयाँ ग्रहहरु

नासाले हाम्रो ब्रमाण्डमा बुधबार ७१५ ओटा नयाँ ग्रहहरु पत्ता लगाएको जानकारी बाहिर ल्याएको छ। यो अहिले सम्मकै एकै पल्टमा सबै भन्दा बढी ग्रहहरु सार्वजनिक गरेको घटना हो । बुधबार सम्म मात्रै १००० भन्दा बढी नयाँ ग्रहहरु खोजिएको बताइएको छ । 
               नासाका अनुसार भेटिएका ति ग्रहहरु मध्य ४ ओटा ग्रहहरु बस्न योग्य रहेका छन् । ति ग्रहहरुले ३०५ ओटा हाम्रो सुर्य जस्तै अरु ताराहरुको प्ररिक्रमा गर्ने बताइएको छ । नासाका बैज्ञानिकहरुले ति ताराहरु नयाँ आधुनिक टेलिस्कोपको मद्दतले पत्ता लगाएका हुन् भने नयाँ पद्दतिबाट ग्रहहरु भएको पुष्टि गरेका हुन् । “Verification By Multiplicity,” नामक पद्दतिबाट यतिका ग्रहहरु एकैपल्ट खोज्न सफल भएको नासाका बैज्ञानिकहरु बताउँछन्। अहिले यो पद्दति नयाँ , सजिलो यवं विश्वसनीय समेत रहेको बैज्ञानिकहरुको भनाइ छ । अन्धा तरिकाले ग्रहहरुको खोजि गर्ने भन्दापनि , ग्रहहरुलाइ आफ्नो नक्षत्रमा घुमाउन सकिने ताराहरु खोजि गर्नुनै नयाँ पद्दतिको सिद्दान्त हो । भेटिएका ९५ % ग्रहहरु बरुण ग्रह भन्दा सानो तारा पृथ्वी भन्दा ४ गुणा ठुला भएको जानकारी रहेको छ ।
  स्रोत : एजेन्सी
प्रतिक्रिया दिनुहोस्