Logo

ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७,’सिजन दुई’ को प्रमुख आयोजक टोली अमेरिका फिर्ता

काठमाण्डौं जेष्ठ,२४ –नेपाली सिनेमाको बिकासमा एउटा नयाँ आयाम थप्ने उद्देश्यले नेपाल फिल्म सोसाईटी अफ नेपाल र   ग्लोवल नेपाली फिल्म अवार्ड कोलोराडो डेनभरले अमेरिकाको कोलोराडो शहरमा आयोजना गर्न लागेको ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ’ दोस्रो संस्करणको उचित ब्यवस्थापन र प्रेस सम्मेलनको लागि नेपाल आएको प्रमुख आयोजक टोली आज बुधबार अमेरिका प्रस्थान गरेको छ । गत अगस्ट महिनामा भव्यतापूर्वक आयोजना गरिने उक्त कार्यक्रमको थप ब्यवस्थापन गर्न उक्त टोलि पुन: अमेरिका फर्केको हो । उक्त कुरा आज दिउँसो दस्तावेज डट कमलाई ग्लोवल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष एवं बर्तमान तदर्थ समितीका अध्यक्ष तथा  सिने नायक श्री नवराज श्रेष्ठले टेलिफोन मार्फत जानकारी गराउनुभएको थियो ।                खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष तथा  सिने नायक श्री नवराज श्रेष्ठ

नेपाली चलचित्र गाउँदेखि विश्वसम्म भन्ने मुल नाराकासाथ अगाडि बढेको यस फिल्म अवार्ड समारोहले पश्चिमी मुलुकको तुलनामा पछाडि पर्दै गएको नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यसको समुचित प्रचार प्रसार गरि भावी दिनहरुमा विश्वभरनै यसको भब्य रुपले आयोजना गरिने कुरा यस संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभएको छ । नेपाल फिल्म सोसाईटिले पहिलो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड समारोह गत बर्षको नोभेम्वर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेनभरमा सम्पन्न गरेको थियो । नेपाली सिनेमाको विकासमा एउटा नयाँ आयाम थप्ने उदेश्यले ‘नेपाल फिल्म सोसाइटी’, ‘अमेरिका नेपाल टेलिभिजन’ र ‘बीआरटीनेपाल डटकम’को आयोजनामा गत बर्ष ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न भएको थियो।खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड अर्कोपल्ट अष्ट्रेलियामा गर्ने कुरा भइरहेको पनि उहाँले जानकारी गराउनुभयोे ।

उक्त अवार्डको आयोजना फिल्म सोसाईटी,नेपाल तथा ग्लोवल नेपाली फिल्म अवार्डले गरेको छ । अघिल्लो बर्ष १२ वटा बिधामा मात्र अवार्ड तथा पुरस्कार प्रदान गरेको ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड’ कार्यक्रमले यस बर्ष कार्यक्रमलाई अझ परिष्कृत तथा प्रभावकारी बनाउन ८ वटा बिधा थपी नेपाली सिने जगतमा उल्लेखनिय योगदान पुर्याएका मेधावी कलाकारहरुको लोकप्रियताको आधारमा छनौट गरि २० वटा विधामा अवार्ड तथा पुरस्कार प्रदान गरिने जानकारी  गराईएको थियो  ।                              खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१६ मा सम्मानित कलाकारहरु

उक्त समारोहको दोस्रो संस्करणको अवार्ड कार्यक्रम सोही स्थानको होटेल क्राउन प्लाजामा अगष्ट महिनाको १९ तारिख शनिबारका दिन सु-सम्पन्न गरिने भएको छ । यस बारेमा राजधानीमा दोस्रो ग्लोबल नेपाली फिल्म अवार्डबारे गत जेष्ठ १२ गते बिहिबार एक बिशेष पत्रकार सम्मेलन गरी नेपाली चलचित्र एवं डायस्पोरा लाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि गत वर्षदेखी आयोजना भएको यो अवार्डको दोस्रो संस्करणको  उद्धेश्य र योजनाहरू सार्वजनिक गरेको थियो ।
                              खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड अमेरिका का संयोजक श्री शैलेश पोखरेल

उक्त पत्रकार सम्मेललनमा दोस्रो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेलले अवार्डका योजना र उद्देश्य साथै गत वर्षको अवार्ड समारोहका बारेमा प्रकाश पार्नुभएको थियो । अवार्डको विधालाई फराकिलो बनाउंदै यो बर्ष २० विधामा अवार्ड प्रदान गरिन लागेको जानकारी पनि श्री पोखरेलले बताउनुभएको थियो । यसका साथै खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताउनुभएको थियो । 

खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड नेपालका अध्यक्ष,ब्यबस्थापक,नायक प्रोड्युसर तथा राजनीतिज्ञ  मधु श्रेष्ठ

त्यस्तै अवार्ड ब्यबस्थापक नायक प्रोड्युसर तथा राजनीतिज्ञ  श्री मधु श्रेष्ठले गत वर्षको अवार्ड समारोह अत्यन्त सभ्य र भव्य रहेको जानकारी दिँदै यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताउनुभएको थियो ।

         गत वर्षको खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी भएर फर्किनुभएका कलाकार सुनिल थापा र बसुन्धरा भुसालले अवार्ड समारोहको प्रंशसा गर्दै नेपालदेखि कलाकार लगेर अमेरिकामा यति सौहार्दपूर्ण वातावरणमा कलाकारले कुनै गुनासो गर्नुपर्ने सानो ठाउँसम्म नदिई यति उत्कृष्ट कार्यक्रम गर्न सफल भएको भन्दै अवार्ड आयोजक टिमलाई धन्यवाद र बधाई ज्ञापन गर्नुभएको थियो ।  कोलारोडोकै खुम्बु खोल्च प्रायोजक रहेको बताइएको कार्यक्रममा प्रायोजकका तर्फवाट खुम्बु खोल्चका अध्यक्ष लाक्पा शेर्पाले आफू २० बर्षअघि स्टुडेन्ट भिषामा अमेरिका पुगेको र त्यही पढ्दै बस्दै गरेर व्यवसायी बनेको बताउंदै अमेरिकाको कोलारोडो अमेरिकाको सोलुखुम्बु जस्तै हिमाली क्षेत्र भएकोले यो स्थानमा नेपाली फिल्म अवार्ड कार्यक्रम हुनाले नेपालको पर्यटन प्रवर्द्दनमा अत्यन्त सहयोगी भूमिका खेल्ने जीकिर गर्नुभएको थियो । 

 

                    नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष तथा बरिष्ठ अभिनेता श्री कृष्ण मल्ल

 नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष तथा बरिष्ठ अभिनेता कृष्ण मल्लले  खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिँदै तेस्रो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफुहरुको उद्देश्य रहेको बताउनुभएको थियो । यसका साथै यो बर्षवाट भुटानी समुदायवाट एक कलाकारलाई पनि ग्लोवल नेपाली फिल्म अवार्डले सम्मानित गर्न लागिएको श्री मल्लले प्रष्ट्याउनुभएको थियो ।
              त्यस्तै कलाकार, निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी लगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु नै अत्यन्त महत्त्वपूर्ण रहेको र यसले नेपाली कला प्रवर्दनमा प्रत्यक्ष र फराकीलो टेवा पुग्ने बताउनुभएको थियो ।

 खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डका प्रायोजक संस्था शेर्पा ब्रुअरीका अध्यक्ष श्री लाक्पा शेर्पा

अवार्ड प्रायोजक संस्था शेर्पा ब्रुअरीका अध्यक्ष लाक्पा शेर्पा पनि गत वर्षको सफल अवार्ड समारोहको प्रभावले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राख्नुभएको थियोे । निर्देशक तथा साहित्यकार राजेन्द्र सलभले समन्वय गरेको कार्यक्रममा शेर्पा ब्रुअरीका म्यानेजिङ डाइरेक्टर फूर्वा शेर्पा, उध्योग मन्त्रीका प्रेस सल्लाकार प्रदिप चापागार्इ, नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार पुरन जोशी, नेपाल फिल्म सोसाइटिका कोषाध्यक्ष नारायण प्रधान, जादुगर महादेब त्रिपाठी लगायतका विभिन्न व्यक्तित्वहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।
          उक्त अवार्ड समारोहको कार्यक्रम संयोजकका संचारकर्मी शैलेश पोखरेल रहनुभएको छ भने आयोजक समितिका अध्यक्ष नवराज श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रमको मुल आयोजकमा खुम्बु कोल्स्च तथा सह प्रायोजकमा शेर्पा ब्रुअरी तथा सिटौला ब्रदर्स रहेको कुरापनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उक्त अवार्ड कार्यक्रमका नेपालको तर्फबाट नेपाली फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल तथा आयोजक व्यवस्थापक समिति अध्यक्ष निर्माता तथा नायक मधु कुमार श्रेष्ठ रहनुभएको छ भने अमेरिका आयोजक टीममा राजु सिटौला, पदम विश्वकर्मा, बासु खनाल र जोशन श्रेष्ठ रहनुभएको छ ।

आयोजक व्यवस्थापन समिति सदस्यहरुमा एस के श्रेष्ठ, सुभाष थापा, भास्कर श्रेष्ठ, चेतवहादुर राजा, सुनिल कटुवाल र राजु बिसुराल रहनुभएको छ । कार्यक्रम सल्लाहकारमा बसुन्धरा भुसाल, शिव श्रेष्ठ, भुवन केसी, शंभुजीत बाँस्कोटा, सुनिल थापा र रामकेशर बोगटी समेत रहेको संस्थाको तदर्थ समितीले बताएको छ।कार्यक्रमको प्रायोजक शेर्पा ब्रुअरी रहेको छ भने सहप्रायोजक सिटौला ब्रदर्स का साथै यति टेक्नोलोजी टेक्सास,प्लम्बिङ सेवा कोलोराडो र सगुन समुह रहेको छ । नेपालको तर्फबाट नेपाल चलचित्र बिकास बोर्ड एवं नेपाल पर्यटन बोर्ड रहेका छन् । 

        नेपाली कला संस्कृति र कलाकारहरुको जगेर्ना गर्ने उद्धेश्यले स्थापना गरिएको “खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड” नामक संस्थाले आगामी दिनहरुमा विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुको लुकेको क्षमता र प्रतिभालाई उजागर गरि नेपाली रंगमन्चमा उल्लेखनिय योगदान गर्न सकोस्, दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना ।

                दीपशिखा शर्मा

   [email protected]

प्रतिक्रिया दिनुहोस्