Logo

वि.सं. २०७४ साल जेठ २० गते, शनिबार।

                                         मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
                                       बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका कारण काम रोकिन सक्छ। तापनि                 बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले                   लक्ष्य प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
                         मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन                  सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा समस्या आउनाले                               पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ।
                       कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerछोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।                             मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा                विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
                          सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।                                प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ                   हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
                         कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoप्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो                     साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट                     हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

                                तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम                     बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग                      गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ।
                   बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioदैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। ठूलो भागको आशा राख्दा नोक्सान हुन सक्छ। आफ्नो              मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। आर्थिक लेनदेनमा सजग रहनुहोला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख              पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
 
                  धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्                  भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न              सक्छ। नोकरीमा चिनजानका माध्यमले फाइदा दिलाउनेछ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ।
                    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। सामाजिक                                जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरू जुट्नाले आँटेका काम पनि                            सजिलै सम्पादन हुनेछन्। कामको लगावले लोकप्रियता हासिल गर्न सकिनेछ। तर ईर्ष्या गर्नेहरूले सताउन सक्छन्, सजग                 रहनुहोला।
                  कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना सूचना                           बाहिरिनाले समस्या पर्न सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा                     धेरै धन र श्रम खर्चनुपर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान                           पुर्याउनुहोला।
                        मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesखर्च लागे पनि व्यवसायले यात्रा गर्ने अवसर दिलाउन सक्छ। व्यापारमा लाभ लिने समय छ। विभिन्न भौतिक साधन प्राप्त              हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका                  साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। वादविवादमा अघि नबढ्नुहोला। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
 वि.सं. २०७४ साल जेठ २० गते। शनिबार। इश्वी सन् २०१७ जुन ३ तारिख। नेपाल संवत् ११३७ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, १०:३३ बजे उप्रान्त दशमी।
   उपप्रा. लक्ष्मीप्रसाद बराल (फलित ज्योतिषाचार्य)
     श्रोत नेपाली पात्रो
प्रतिक्रिया दिनुहोस्