Logo

जेठ १४ गते आइतबार,आजको राशिफल

   

              मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उध्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र आँटेका काममा सोचेजस्तै सफलता मिल्नेछ।

 वृष  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभा समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ। जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

 मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। मनग्गे धनलाभ हुने समय छ।

   कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)(Cancer)

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नै बलजफ्तीले काम बिग्रन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

     सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) (Leo)

प्रयत्न गर्दा केही उपलब्धि हातलागी हुनेछ। तर सोखले खर्च बढाउन सक्छ। मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण/पोषणमा खर्चनुपर्ला। पछि फाइदा हुने काम प्रारम्भ होला।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)(Virgo)

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

   तुला  (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)(Libra)

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम बिग्रन सक्छ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)(Scorpio)

स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। नयाँ काममा हात हाल्न समय पर्खनुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या समेत सुल्झाउन सकिनेछ। तर गोपनीयता बाहिरिनाले समस्या आउन सक्छ।

 धनु  (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)(Sagittarius)

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

     मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) (Capricorn)

अधिकारका लागि संघर्षमा जुट्नुपरे पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)(Aquarius)

चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।

 मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) (Pisces)

बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ।

वि.सं. २०७४ साल जेठ १४ गते,आइतबार, इश्वी सन् २०१७ मे २८ तारिख। नेपाल संवत् ११३७ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– तृतीया, १८:४१ बजेउप्रान्त चतुर्थी।

प्रतिक्रिया दिनुहोस्