Logo

जेठ १८ गते बिहीबार,आजको राशिफल

                                             
                                                 
                                    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesश्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।
                                        बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको आशीर्वाद तथा परिवारजनाको सहयोगले अप्ठ्यारा परिस्थिति सुल्झाउन सकिनेछ। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।
                                    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। हडबडले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। नयाँ व्यवसायमा लगानी गर्न समय पर्खनुहोला। मिहिनेत गर्दा धन आर्जन हुनेछ। निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ।
                                        कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
                                        सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। मनग्गे धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
                                        कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुनसक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला।
                                तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकेही खर्च लागे पनि लगानीले फाइदा दिलाउनेछ। तर ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने हुन सक्छ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। आर्थिक लेनदेनमा सजग रहनुहोला। आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। व्यापार तथा दिगो काममा लगानी गर्ने मौका छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
                                    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमिहिनेतले जिम्मेवारी दिलाउनेछ। तर सामान्य कामलाई पनि निकै श्रम पर्नेछ। चुनौतीपूर्ण काममा जुट्नुपर्ने स्थिति आउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। तथापि प्रयास गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
                               धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
                                           मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
                                    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। व्यापार–व्यवसायमा आयआर्जन राम्रै हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
                                       मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। 
 वि.सं. २०७४ साल जेठ १८ गते बिहीबार,इश्वी सन् २०१७ जुन १ तारिख, नेपाल संवत् ११३७ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, तिथि– सप्तमी, ९.३० बजे उप्रान्त अष्टमी।
प्रतिक्रिया दिनुहोस्