Logo

राप्ती पारिका चार बिध्युत योजना अलपत्र, ठेकेदार सम्पर्कविहीन

नेपालगन्ज, २१ बैसाख, बाँकेको राप्ती पारिका ९ गाविसमा बिध्युत पुर्याउने उद्देश्यले सञ्चालन गरिएका करोडौंका चार योजना सम्पन्न नगर्दै अलपत्र परेका छन् । ती योजना निर्माणको जिम्मा लिएका छन् । उनीहरूले ठेकेदारले काम पुरा नगर्दै समय सकिएको छ । बघौडा ग्रामीण बिध्युतीकरण योजनाको काम सुरु नहुँदै ठेक्काको कार्यावधी सकिएको छ । बैजापुरदेखि नरैनापुरसम्म ११ केबीको बिध्युत विस्तार योजना तथा कटकुइँया–मटेहिया र बिनौना–बैजापुर बिध्युत विस्तार योजनामा समेत काम पुरा नहुँदा अलपत्र परेका छन् । 

             ठेक्का सम्झौता भएको समयसीमा समाप्त भैसक्दा पनि ती योजनाहरूको कुनै कामै सुरु नभई र कुनै पुरा नभई कार्यावधी सकिएपछि करौडोको उक्त योजना अलपत्र परेका हुन् । 

                    ठेकेदार राजेन्द्र मिश्रले बघौडा क्षेत्रमा बिध्युत विस्तारका लागि पहिलो चरणको निमार्ण कार्यको ठेक्का लिएका थिए । कोहलपुरदेखि बैजापुरसम्म ३३ केबीको विद्युत् लाइन विस्तारका लागि ३ करोड ७८ लाखमा केन्द्रीय प्राधिकारणले उनलाई ठक्का दिएको थियो ।

                   मिश्रले करिब १ यस बिध्युतका पोल मात्रै खसाएर काम रोकेका हुन । बिध्युत विस्तारको काम सुरु गर्न स्थानीयले माग गर्दै आएका छन् । बिध्युत प्राधिकारण क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार ठेकेदारको कार्यावधि सकिएको बारे केन्द्रीय कार्यालयलाई जानकारी गराई सकिएको छ । ठेकेदारलाई काम सुरु गर्न पटक/पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । 

                     राप्तीपारि बघौडा क्षेत्रमा पर्ने बैजापुर, नरैनापुर, बिनौना, कटकुइँया, लक्ष्मणपुर, मटेहिया गा.वि.स. का सर्वसाधारणहरु बिजुली विहीन छन् । ०६५ मा स्थानीयले बिध्युत विस्तारका लागि ३ करोड २२ लाख रुपैयाँ जम्मा गरेका थिए ।

                 उक्त योजनामा सरकारको ८० र समुदायको २० प्रतिशत रकम लगानी हुने गरी सम्झौता भएको थियो । बघौडा बिध्युतीकरणका संरक्षक अमर खड्काले ठेक्का सदर भएको एक महिना नबित्दै ठेकेदार सम्पर्क  बिहीन भएको बताए । खडकाले ठेकेदार खोज्दा–खोज्दै काम गर्ने समय बितिसकेको गुनासो पनि गरे । उनले प्राधिकारणको लापरवाहीका कारण ठेकेदारलाई कारबाही हुन नसकेको बताएका छन् ।
 
बैजापुरदेखि नरैनापुर सम्म ११ केबीको बिध्युत विस्तारको काम पनि सुरु भएको छैन । ९ करोडमा सम्पन्न गरिने बिध्युत विस्तारको उक्त ठेक्का पनि मिश्रले नै लिएका थिए । उक्त ठेक्काको पनि कार्यावधि सकिएपछि नयाँ ठेक्का प्रक्रियाका लागि केन्द्रमा फाइल पठाइएको प्राधिकरणले जनायो । 

             कटकुइँया–मटेहिया र बिनौना–बैजापुर बिध्युत विस्तारका काम समेत सुरु हुन सकेका छैनन् । ती योजना ९ र १३ करोडमा सम्पन्न गर्ने लक्ष्य छ । बिध्युत विस्तारको काम सुरु गर्न स्थानीय बासिन्दाले प्राधिकारणको क्षेत्रीयदेखि केन्द्रसम्म बर्सेनि धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्