Logo

पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाउने नेपाली बैज्ञानिक नेपालमा

स्तावेज संवाददाता,जेष्ठ ९,२०७४,काठमाण्डौं –  सौर्यमण्डलमा पृथ्वीजस्तै अर्को ग्रह ‘ग्लिज 8 ३२ C ‘ पत्ता लगाउने पहिलो नेपाली बैज्ञानिक खगोलशास्त्री प्रा डा.सुमन सत्याल नीजि कामको सिलसिलामा नेपाल आएका छन् । उनि नेपालमा एक महिना बस्नेछन् । अनुसन्धानको क्रममा गत मार्च महिनामा उनले नयाँ ग्रह ‘ग्लिज 8 ३२ C ‘ पत्ता लगाएका थिए । उक्त ग्रहमा पानीभन्दा जमिनको मात्रा बढि देखिएको छ ।

         सो ग्रहमा मानव बस्ती बसाउन मिल्छ या मिल्दैन भन्नेबारे अनुसन्धान हुँदैछ। स्वदेश बसाईको क्रममा डा.सत्यालले बरिष्ठ पत्रकार बलराम प्यासीको संयोजकत्वमा राजधानीको शान्तिनगरस्थित बेबिलोल स्कुलमा अध्ययनरत कक्षा ९ र १० का बिध्यार्थी लाई सौर्यमण्डल र नयाँ ग्रहबारे जानकारी गराएका थिए ।

       यसअघि प्रा. डा.सत्यालले आफू नेपालमा बिध्यालय शिक्षा हासिल गर्दा आफ्नो गुरु एवं अभिभावक खगेन्द्र नेपालको अनुरोधमा एसओएस बालग्राम सानोठिमीका साना केटाकेटीसँग आफ्नो अनुसन्धानबारे बताएका थिए । नेपाल खगोलशास्त्री समाज नासाका सल्लाहकार समेत रहेका बैज्ञानिक डा. सत्याल १८ बर्षको उमेरमा बिज्ञान बिषयको अध्ययन गर्न टेक्सास पुगेका थिए ।

      उनले भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर गर्नकासाथै खगोल बिज्ञानमा पिएचडी गरिसकेका छन् । नविन खोज गरेबापत उत्कृष्ट बैज्ञानिकको उपाधी समेत हासिल गरेका उनलाई संयुक्त राज्य अमेरिकाले उनलाई स्थायी बसोबासको अनमुती समेत दिएको छ । यसका अतिरिक्त नेपालको नाम र शान राख्न बिशेष योगदान गरेबापत हालसालै राष्ट्रपति बिध्यादेवी भण्डारीबाट एक लाख रुपियाँ राशीको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत पाईसकेका छन् ।

       नेपाल बसाईका क्रममा उनले नेपाल खगोलशास्त्री समाजको समन्वयमा त्रिभुवन बिश्वबिध्यालय खगोलशास्त्रका २ बिध्यार्थीलाई पिएचडिको लागि सघाउने प्रतिवद्धता गरेका छन् । भविष्यमा उनले आफैं एक अत्याधुनिक टेलिस्कोप बनाई नेपालबाटै नयाँ नयाँ ग्रहहरुको खोजी गर्ने उनको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्