Logo

न्यूयोर्कमा ‘नेपाल डे परेड २०१७’ भव्यतापूर्वक सम्पन्न

 
स्तावेज संवाददाता,न्यूयोर्क, नेपालको नेपालको सांस्कृतिक विविधता झल्काउने उद्देश्यले विश्वकै ठुलो शहर न्यूयोर्कमा गत मे महिनाको २१ तारिख आइतवार आयोजित नेपाली डायोस्पोरा ‘ नेपाल डे परेड २०१७ ‘ मा सहभागी भएका छन्  । कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने समुदायले आ-आफ्नो भेषभुषा सहित उपस्थिति जनाएका थिए ।  कार्यक्रम संयोजक मंगलदास श्रेष्ठको संक्षिप्त वक्तव्यपछि परेड शुरु भएको थियो । 
 
न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएको यो परेड २६ स्ट्रिटमा पुगेर समापन भएको थियो । न्यूयोर्कको म्यानहटनमा जम्मा भएका करिब १० हजार नेपालीहरुको उपस्थितिबाट सानो नेपाल नै झल्किएको भान हुन्थ्यो । 
 
नेपालका हिमाल, पहाड र तराईको भेषभुषा, संस्कृति झल्काउने पहिरन आकर्षक र झाँकीले परेडलाई रोचक वनाएको न्यूयोर्क स्थित हाम्रा संवाददाता खेम शर्माले जानकारी दिएका  छन् । 
 
परेडमा अमेरिका भ्रमणमा रहेका उध्योग मन्त्री नविन्द्रराज जोशी, राजदुत डा. अर्जुनकुमार कार्की, कुटनीतिक नियोगका पदाधिकारी देखि न्यूयोर्क लगायत विभिन्न स्थानमा वस्ने नेपाली समुदायको उल्लेखनिय सहभागिता रहेको थियो । 
 
बिभिन्न राज्यमा छरिएर रहेका नेपाली समुदायको उपस्थितिले परेडमा निकै ठुलो उत्साह देखिएको थियो ,उक्त कार्यक्रमलाई यहाँका विदेशीले पनि रोचक मानेर हेरेका थिए । हिमाली क्षेत्रको बौद्ध लामा संस्कृति, पहाडमा पशुपति मन्दिर, भजन चुड्का, रोईला, लगायत विभिन्न जनजातीका झाँकीहरु परेडमा देखाईएको थियो।
 न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको परेडको यो दोस्रो संस्करण हो । बुद्द जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा आयोजित गरिएको ‘नेपाल डे परेड २०१७’ ले नेपालीहरुको पहिचान र डायस्पोराहरुको ऐक्यवद्दताको रुपमा परिचित गराउँदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ ।
 नेपाली डायस्पोरालाई अन्य अमेरिकी समुदाय माझ चिनारी गराउँदै मातृभुमिलाई पर्यटन मार्फत प्रवर्दन गराउने यो नेपाल डे परेडको मुख्य उद्देश्य रहेको छ । आगामी दिनहरुमा अझ भव्यतापूर्वक कार्यक्रम गरिने प्रतिवद्दताका साथ कार्यक्रमको समापन गरिएको थियो ।
 
 

 

प्रतिक्रिया दिनुहोस्