Logo

१ सय १७ बर्ष वृद्ध महिला एम्मा मोरानोको निधन

जेन्सी,इटाली ४ बैशाख २०७४ – संसारकै सबैभन्दा वृद्ध महिला एम्मा मोरानोको निधन भएको छ । २९ नोभेम्बर १८९९ मा जन्मिएकी एम्माको १ सय १७ बर्षको उमेरमा निधन भएको हो । एम्मालाई आधिकारिक रुपमा १९ औं शताब्दीमा जन्मिएर जीवित रहेकी एकमात्रै मानिसका रुपमा मानिन्थ्यो । उनी तीन शताब्दी टेकेर बाँच्ने व्यक्ति बनिन्  । 

यस क्रममा उनले खराब बैबाहिक जीवन,आफ्ना एकमात्रै छोराको मृत्यु, दुई विश्व युद्ध र इटालीमा ९० भन्दा बढी सरकार देखिन् ।आठ जना दाजुभाई दिदीबहिनी मध्ये सबैभन्दा जेठी एम्मा लामो उमेर बाँच्नुको कारण आफ्नो आमा बुबाको जिन र प्रतिदिन तीनवटा अण्डा खानुलाई मान्ने गर्थिन ।

जसमा उनी  २ वटा अण्डा काँचै खान्थिन् । उनको आमाको ९१ बर्षको उमेरमा निधन भयो भने उनका केही बहिनीहरु सय बर्षसम्म बाँचेका थिए ।  

प्रतिक्रिया दिनुहोस्