Logo

दुई महिनाअघि असइको जागिर छाडेका एमाले नेता वडाध्यक्षमा विजयी

स्तावेज संवाददाता,जेठ,३,२०७४ कुश्मा  पर्वत –  पर्वत जिल्लाको मोदी गाउँपालिका -२ देउपुर निवासी विकास तिमल्सिना झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै  हालसालैको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उनले ७ सय १४ मत प्राप्त गरेका छन् । 

  दुई दशकभन्दा बढी जागिर गरेपछि अब घरमै बसेर कृषि पेशा अगाल्ने र समाज सेवामा समेत क्रियाशिल हुने सोच बनाएर उनले गत फागुनमा प्रहरीको जागिरबाट राजीनामा दिएका थिए । प्रहरी सहायक निरीक्षक पदमा रहेर नेपालकै उत्कृष्ट ट्राफिक प्रहरीको मानपदवी समेत पाएका तिमल्सिना एकाएक राजनीतिमा उज्ज्वल नक्षत्र बनेर उदाएका छन्। 

       बिध्यार्थी कालमा रहँदा २०४० सालदेखि २०४८ सालमै एमाले निकट बिध्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय राजनीति गरेका तिमिल्सिना पछि जागिरमा प्रवेश गरेपछि राजनीतिबाट ओझेलमा परेका थिए ।  लामो समयको जागिरे अनुभवसँगै आफुमा समाज विकासको अनुभव र इच्छाशक्ति समेत भएकाले भावी दिनहरुमा आफ्ना सम्पूर्ण शक्ति मोदी गाउँपालिका २ मा खर्चिने उनको भनाइ छ।

       उनि प्रहरी जागिरे मात्र नभएर सफल कलाकार समेत हुन् । जागिरको दौरानमा नुवाकोट, चितवन, गोरखा, कपिलवस्तु, काठमाडौ, म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लामा बसेका उनले अब आफ्नै गाउँलाई माथि उठाउनका लागि सेवामा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् उमेरले ४१ वर्ष पुग्नु भएका तिमल्सिना विजयी भएपछि मोदी गाउँ पालिकाबासी समेत उत्साहित भएका छन्।

प्रतिक्रिया दिनुहोस्