शीर्ष नेता र उम्मेदवारको मतदान [फोटो फिचर]
वैशाख ३१, २०७४- आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको मतदान सुरु भएको छ । स्थानीय तह (पहिले निकाय)को चुनाव २० वर्षपछि भएको हो । ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि चुनाव तय भए पनि दुइटा स्थानीय निकायमा निर्विरोध भएकाले २ सय ८१ स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणको चुनावमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले महासचिव ईश्वर पोखरेल, राप्रपा अध्यक्ष कमल थापालगायतका शीर्ष नेताले मतदान गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने दिउँसो ११ बजे मतदान गर्नेछन् । काठमाडौं सहित देशका चारवटै महानगरपालिकाका उम्मेदवारले पनि मतदान गरेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखामा ।
एमाले महासचिव ईश्वर पोखरेल टोखा, काठमाडौंमा ।
राप्रपा अध्यक्ष कमल थापा हेटौंडामा ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौंमा ।
एमाले नेता सुरेन्द्र पाण्डे भरतपुरमा ।
एमाले सचिव योगेश भट्टराई काठमाडौंमा ।
विवेकशील नेपाली दलकी रञ्जु दर्शना महाराजगञ्जमा ।
काठमाडौं महानगरपालिकामा कांग्रेस उम्मेदवार राजुराज जोशी ।
पोखरा-लेखनाथ महानगरमा एमाले उम्मेदवार मानबहादुर जीसी ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल गोरखा
श्रोत, कान्तिपुर