Logo

स्मार्ट फोनको बढी प्रयोगले मानसिक स्वास्थ्यसम्बन्धी जोखिम बढ्ने

एजेन्सी, वैशाख ३०, २०७४,स्मार्ट फोनलगायतका ग्याजेटको बढी उपयोगले किशोर– किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुने जोखिम एक अनुसन्धानले बताएको छ  । जसको प्रयोगले उनीहरूमा एकाग्रता, आत्मनियन्त्रण र व्यावहारिकताको अभाव हुँदै जान्छ ।११–१५ वर्ष उमेर समूहका १ सय ५१ किशोरकिशोरीमा गरिएको यो अनुसन्धान ‘चाइल्ड डेभलपमेन्ट’ मा प्रकाशित छ । अध्ययन अन्तर्गत किशोरकिशोरीको मानसिक स्वास्थ्यसँग जोडिएको लक्षण देखियो । यसमा उनीहरूको दिनहुँको इन्टरनेट, सामाजिक सञ्जालका लागि उपयोग गरिएको समय समेत सामेल गरियो । 

               उक्त अनुसन्धान अनुसार किशोरावस्थामा प्रविधिको बढी उपयोग गर्नाले उनीहरूको व्यवहारमा समस्या आउँछ । उनीहरू कुनै कुरामा आफूलाई केन्द्रित गर्न सक्दैनन् । योसँगै उनीहरूमा धेरै बढी सक्रियता देखिने समस्या (हाइपर एक्टिभ डिजअर्डर) को लक्षणसमेत देखिन थाल्छ ।  अध्ययन अन्तर्गत सहभागी किशोर किशोरीहरूमा स्मार्ट फोन उपयोगबारे समेत सर्वेक्षण गरियो । दिनमा तीनपटक गरिने यो सर्वेक्षण महिना दिनसम्म जारी रह्यो । यसको डेढ वर्षपछि सहभागीहरूको मानसिक स्वास्थ्यको लक्षणको मूल्यांकन गरियो । किशोरकिशोरीले औसत रूपमा २.३ घण्टा डिजिटल प्रविधिमा खर्च गरेको अध्ययनमा देखियो ।

                  अनुसन्धान परिणाम अनुसार, किशोरकिशोरीले आफ्नो उपकरणको प्रयोग साथीभन्दा बढी र सामान्यभन्दा बढी गरेको दिन उनीहरूमा व्यवहारसम्बन्धी समस्या देखियो । झैझगडा गर्ने, झूटो बोल्ने गर्न थाले ।  अनलाइन समय बिताउने किशोरकिशोरीमा डेढ वर्षपछि व्यावहारिक समस्यासँगै आत्मनियन्त्रणमा समेत धेरै समस्या देखिएको उक्त अनुसन्धानमा उल्लेख छ । प्रविधि प्रयोगका केही सकारात्मक परिणाम नआएका भने होइनन् । जुन दिन किशोरकिशोरीले प्रविधिको बढी उपयोग गरे त्यसताका उनीहरूमा उदासी रोग र चिन्ताको लक्षण कम देखिएको अनुसन्धानमा खुलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्