Logo

शिवम् सिमेन्टमा भएको आक्रमणको संघले गर्यो बिरोध

काठमाडौं, वैशाख २५ । नेपाल उध्योग परिसंघले मकवानपुरस्थित शिवम् सिमेन्टमा भएको आक्रमणको बिरोध गरेको छ । नेपालको एक प्रमुख सिमेन्ट उद्योग शिवम् सिमेन्टको चुनढु्ंगा खानीमा प्रयोगमा ल्याइएको पाँच थान एक्साभेटरमा यही बैशाख २१ गते राती अज्ञात समूहले आगजनी गरी पाँच करोड रुपैँया बराबरको क्षति पुर्याएको परिसंघले जनाएको छ ।
परिसंघले सरकारले सबै उध्योगलाई सुरक्षा प्रदान गर्ने भने पनि यस आक्रमणले औध्योगिक सुरक्षामा प्रश्न उठेको भन्दै दोषीमाथि अबिलम्ब कारबाही गर्न माग समेत गरेको छ ।
                  ‘लगानी प्रवर्दन गर्ने र विदेशी लगानी भित्र्याउने सरकारको प्रमुख नीति भएको र यस कार्यमा निजी क्षेत्रको प्रतिनिधि संस्थाको हैसियतले परिसंघ बाट निरन्तर सहयोगको प्रयास भइरहेको पृष्ठभूमिमा उध्योग व्यवसायमा भएका यस प्रकारको हमला एवं पुग्न गएको क्षतिको कारण उध्योग व्यवसायको सुरक्षा प्रश्न टडकारो रुपमा उठेको छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान सहित उनीहरुलाई उचितकारवाहीगर्न र उद्योगमा पर्न गएको हानीनोक्सानीको क्षतिपूर्ति सहित कामदार/कर्मचारी एवं उध्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट गर्ने व्यवस्था मिलाइ पाउन सम्बन्धित निकायको परिसंघ ध्यानाकर्षण गर्न चाहान्छ ।’

प्रतिक्रिया दिनुहोस्