Logo

डा. विविशाले एक्लै अन्नपूर्ण बेस क्याम्पको यात्रा गर्ने

काठमाडौं,धादिङ अस्पतालमा कार्यरत डा विविशा बानियाँ एक्लै अन्नुपूर्ण बेस क्याम्प र मार्दी हिमाल ट्रेकका लागि कस्सिएकी छिन् । यात्रा गर्न रुचाउने डा बानियाँले नेपाली ट्राभलर्स नामक संस्थाले गरेको ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ जितेर यो यात्राका लागि छानिएकी हुन् ।

यात्रा गर्न चाहने ४ सय ४३ महिला आवेदकबाट फेसबुक लाइक, अन्तर्वार्ता लगायतका चरण पार गरेर डा विविशा पनि छानिएकी हुन् । जम्मा १३ दिनको यात्रामा उनी एक्लै निस्किनेछिन् । यसअघि पनि विभिन्न ठाउँमा यात्रा गरेकी उनी आफू उत्साहित रहेको बताउँछिन् ।

         

वी.पी. कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमबीबीएस गरेकी उनी इन्ट्रान्स टपर पनि हुन् । पेन्टिङ गर्नु उनको अर्काे रुचीको विषय हो । घुम्न, योगा र ध्यान गर्नमा आफू निकै जाँगर चलाउने उनी बताउँछिन् । नाक, कान र घाँटी, बालरोग वा मानसिक रोगमध्ये एकमा विशेषज्ञता हासिल गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्