Logo

ओप्पोको ‘सेल्फी एक्स्पर्ट एफ थ्री’

वैशाख २४, २०७४, ओप्पोले नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफ थ्री सार्वजनिक गरेको छ ।  मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी एफ थ्री बजारमा ल्याएको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा रहेको जारी विज्ञप्तिमा छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको कम्पनीले जनाएको छ । फोनमा रहेको सिक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन) का साथ उच्च श्रेणीका व्यावसायिक गुणस्तरका तस्बिर लिन सघाउने दाबी कम्पनीको छ । एकल वा व्यक्तिगत सेल्फीका लागि एफ थ्रीमा १६ मेगा पिक्सेल रिजोल्युसन, १/३ इन्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको फ्रन्ट क्यामेराको व्यवस्था गरिएको पनि विज्ञप्तिमा छ ।  ओप्पो एफ थ्री मा १३ मेगापिक्सेल क्षमताको १/३ इन्च सेन्सर जडान गरिएकाले प्रकाश संवेदनशीलतालाई बढावा दिँदै रात्रिकालीन समयमा समेत उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने कम्पनीको दावी छ । 

 

प्रतिक्रिया दिनुहोस्