Logo

के तपाईको एटिएम कार्ड सुरक्षित छ ?

एटिएम कार्डको सुरक्षा पनि एक प्रमुख जिम्मेवारी हो। प्रविधिको बढ्दो प्रयोग र नेपालमा पछिल्लो समय प्रविधिसंग जोडिएका घटनाहरुलाई हेर्ने हो भने भने एटिएम कार्डको सुरक्षाको आवश्यकता झनै बढेको छ।

केहि महिना अगाडी मात्र नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको एटिएम मेसिनबाट केन्या लगायतका बिदेशी नगारिकहरुहरुले गैरकानुनि रुपमा लाखौ रकम झिकेको समाचार बाहिर आएको थियो। नेपाल यस्ता प्रवृतिका मान्छेहरुको हब बन्दै गएको छ। दैनिक जसो यस्ता घटनाहरु सुन्नमा आएका छन।

सुचना तथा प्रविधि विज्ञहरुको सुझाबलाई आधार मान्ने हो भने नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको एटिएम कार्ड र एटिएम मेसिन सुरक्षति र भरपर्दो छैनन। यस्तो अवस्थामा समस्याको व्यवस्थापनका लागी हामी स्वयमले एटिएम कार्ड प्रयोगमा साबधानी अपनाउनु आवश्यक छ। साना साना गल्तिका कारण दिन रात एक गरेर पसिना बगाएर कमाएको कमाई एकै छिनमा गुम्न सक्छ। यस्तोमा आउनुहोस, एटिएम कार्डको सुरक्षासंग जोडिएका केहि महत्त्वपूर्ण टिप्स जानी राख्नु होस।

स्लिप च्यातिदिनु होस
एटिएमबाट पैसा निकाल्दा प्राप्त हुने स्लिप (पर्चा) मा भुलेर पनि लापरबाही नगर्नु होस्। यो स्लिपमा तपाईको बैंक खाता र एटिएमको पूर्ण जानकारी हुन्छ। यसबाट ह्याकरलाई तपाइको खाता ह्याक गर्न सहज हुन्छ। यस्तो अवस्थामा स्लिपलाई अत्यन्त सानो टुक्रा हुने गरी च्यात्नुहोस। अथवा एटिएमबाट पैसा निकाल्दा स्लिप नआउने विकल्प रोज्नुहोस र अनलाइनबाट आफ्नो खाताको विवरण जांच गर्नु होस।

पिनलाई दोहोर्याउने गल्ति नगर्नुहोस
एटिएममा पिन नम्बर सेट गर्दा तपाइँ कसैको नजरमा त हुनुहुन्न ध्यान दिनुहोस। नम्बर सेट गर्दा वा डायल गर्दा ओठले त्यो नम्बर पढ्ने गल्ति नगर्नुहोस। अन्यथा तपाइँको लिप्सिंङ लाई आधार मानेर  नै यसका अपराधीहरुले तपाइको पिन नम्बर पत्ता लगाउने छन।

एटिएम कार्ड ब्यागमा राख्नु होस
अधिकांस एटिएम प्रयोगकर्ताहरुले एटिएम मेसिनमा नै कार्ड छोड्ने गल्ति गर्दछन। त्यसैले पनि एटिएम कार्डको प्रयोग गर्ने बित्तिकै तुरुन्त उक्त कार्ड ब्यागमा या वलेटमा राखी हाल्नुहोस। कयौ पटक मानिसहरु मेसिनको वरिपरी नै एटिएम कार्डलाई राखेर पैसा निकाल्ने गर्दछन। र पैसा झिकेपछी उक्त कार्ड बोक्न बिर्सिन्छन।

पिन परिवर्तन गर्नुहोस
एटिएमको सुरक्षामा पिन नम्बर परिवर्तन पनि एक महत्त्वपूर्ण बिषय हो। प्रयास गर्नुहोस कि जुन पिन नम्बर बैंकले तपाइँलाई उपलब्ध गराएको छ कम्तिमा पनि त्यसलाई परिवर्तन गर्नुहोस। यसबाट तपाइको एटिएम कार्ड केहि हदसम्म सुरक्षित हुन्छ।

यस्तो पिन नम्बर नबनाउनुहोस
एटिएम कार्डको पिन नम्बर थोरै भिन्न राख्नुहोस। अधिकांश मानिसहरु पिन नम्बरमा आफ्नो नाम, फोन नम्बर, वा टेलिफोन नम्बर सेट गर्छन। यस्तो गल्ति कहिले पनि नगर्नु होस्। यस्तो नम्बरहरु अनुमानको आधारमा पनि ट्रयाक गर्न सहज हुन्छ।

बैंकमा जानकारी दिनुहोस
यदि गल्तिले तपाईको कार्ड कतै खसेको छ या हराएको छ भने तुरुन्त बैंकमा खबर गर्नुहोस र कार्ड हराएको जानकारी गराउनुहोस्। जसबाट अरु कसैले तपाइको खाताबाट पैसा निकाल्न नसकोस।

पिन नम्बर नलेख्नु होस्
कहिले पनि कसैलाई आफ्नो एटिएम कार्डको पिन नम्बर नभन्नु होस। यो पिन नम्बर मनै मन याद राख्नुहोस र कतै कुनै ठाउमा पनि यो पिन नम्बर नोट गरेर नराख्नुहोस।

बैंकलाई पनि पिन नम्बरको जानकारी नदिनुहोस
खाता रहेको बैंकलाई पनि तपाईको परिवर्तित पिन नम्बरको जानकारी नदिनुहोस। बैंकबाट हो भनेर फोन आएपनि पिन नम्बरको जानकारी नदिनुहोस। सामान्यता बैंकले आफ्ना ग्राहकहरुसंग कहिले पनि एटिएम कार्डको पिन नम्बर माग्दैन।

एटिएम कार्डमा दस्तखत
एटिएम कार्डमा दस्तखत गर्ने ठाउ कहिले पनि खाली नराख्नुहोस। यसमा आफ्नो दस्तखत गर्नुहोस।

फरक फरक पिन नम्बर

यदि तपाई एक भन्दा बढी बैंकको एटिएम कार्ड प्रयोग गर्नु हुन्छ भने सबै एटिएम कार्डको पिन नम्बर उस्तै राख्ने गल्ति नगर्नुहोस। यसो गर्नाले गल्तिले कसैले एक एटिएम कार्डको पिन थाहा पाए पनि अर्को कार्ड प्रयोग गर्न सक्ने छैन।

 

प्रतिक्रिया दिनुहोस्