Logo

फेसबुकले बढायो मुनाफा

काठमाडौं, २१ बैशाख । सामाजिक संजाल फेसबुकले सन् २०१७ को पहिलो ३ महिनामा आफ्नो नाफामा वृद्धि गरेको छ । दि यूएस टेकको तथ्यांक अनुसार समिक्षा अवधीमा फेसबुकले ३ बिलियन अमेरिकन डलर (करिब ३ खर्ब रुपैयाँ) मुनाफा आर्जन गरेको छ । यस अनुसार कम्पनीले हरेक वर्ष करिब ७६ प्रतिशतले आफ्नो मुनाफा आर्जनमा वृद्धि गर्दै आइरहेको छ । तर विज्ञापनबाट उठ्ने राजस्व वर्षको बाँकि रहेको अवधीमा केहि घट्ने कम्पनीका प्रमुख वित्त अधिकृत डेभिड वेह्नरले बताएका छन् ।

                 कम्पनीको कुल मुनाफाको करिब ५१ प्रतिशत हिस्सा राजस्वको रहेको छ । यता, हालसम्म फेसबुक प्रयोगकर्ताको संख्या पनि २ अर्ब पुगेको कम्पनीको पछिल्लो तथ्यांकले देखाएको छ । हरेक महिना १ अर्ब ९४ करोडले फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ भने हरेक दिन १ अर्ब ३ करोडले फेसबुक प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्