Logo

आइजीपी नियुक्तिको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

 

काठमाडौं, चैत ३०– डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका सिलवालले  मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथिको सुनुवाईमा बुधबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
सिलवालले सरकारको निर्णय गलत भएको भन्दै सो निर्णय उल्ट्याएर आफूलाई आइजीपी बनाइनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको भएपनि इजलासले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश मात्रै दिएको हो ।

प्रतिक्रिया दिनुहोस्