Logo

बर्षकै अन्तिम दिन सुनको भाउ दुई सय महंगियो

काठमाडौं, चैत ३१–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोवार भइरहेको छ । आज चाँदीको भाउ ८ सय १५ रुपैयाँ रहेको छ । यो साताको बुधबार सुनको भाउ ५५ हजार ४ सय रुपैयाँ थियो । यस्तै, मंगलबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्