Logo

स्वर्गको एक टुक्रा

सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा,अछाम र डोटीमा फैलिएको       ‘खप्तड राष्ट्रिय निकुञ्ज ‘ खप्तड बाबाको सुझावअनुसार सन् १९८४ मा  स्थापना गरिएको यो निकुञ्जले दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको छ । खप्तड बाबाको आश्रम रहेको यो निकुञ्जमा नागढुंगा, केदाढुंगा र खप्तडढुंगाजस्ता अरू धार्मिक स्थानहरू पनि छ ।

 ठूला­ठूला भिरालो फाँट रहेको यो भूगोल स्वर्गको टुक्राजस्तै लाग्छ । निकुञ्जमा खप्तड र अर्को एक गरी दुई ठूला घाँसेमैदान छन् । वैशाखदेखि भदौ, असोजसम्म यी हरिया घाँसे मैदानमा असंख्य घोडा चरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्