Logo

मलेसियाको बुकिट जलिल क्याम्पबाट १८ नेपालीको उद्धार

वैशाख ९, २०७४ ,सरकारले मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीको उद्धार गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा शुक्रबार १८ जना नेपालीहरुको उद्धार गरिएको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री दाहालले नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न विशेष निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्धार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्धारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो ।
उद्धार गरी नेपाल ल्याइएका नेपालीहरुमा बााकेका शानबहादुर बुढा मगर, खोटाङका ईश्वर बिक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुंगका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पााचथरका फडिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान छन् । त्यस्तै रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार ब्लोन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बााकेका सञ्जयकुमार नाउ रहेका प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

           एजेन्सी

प्रतिक्रिया दिनुहोस्