Logo

अनुपविक्रमसँगकाे सम्बन्ध बाहिर ल्याउन चाहिनन् प्रियंकाले

अहिले अभिनेत्री प्रियंका कार्कीको अफेयरले नेपाली सिनेमाको बजार तताईरहेको छ । केही समय अघिसम्म अभिनेता दयाहाङ राईसँग नाम जोडिएर चर्चामा आएकी प्रियंकाको यतिबेला ‘चपली हाईट’बाट सिने नगरीमा डेब्यु गरेका अभिनेता आयूष्मान देशराज जोशीसँग नाम जोडिएको छ । यो जोडीले अहिले सिनेमा ‘कथा काठमाण्डौको’मा एकसाथ काम गरिरहेको छ ।

यहि सिनेमामा काम गर्ने क्रममै यी दुई अफेयरमा रहेको हल्ला शुरु भएको हो । एउटै सिनेमामा काम गर्ने भएपछि यी दुईको भेट बाक्लिँदै गयो । आयुष्मान आफ्नो सुटिङ नहुँदा प्रियंकालाई कुरेर दिनभर सेटमा बस्ने गरेको र प्रियंकाले पनि आफ्ना केही निकट साथीहरुलाई आफू आयुषमानको प्रेममा रहेको कुरा बताएको खबर केही दिन अघि मात्रै प्रकाशित भएको थियो ।

त्यस्तै यी दुई केही दिन अघि मात्रै काठमाण्डौको एक क्लबमा एकअर्काको अंगालोमा रमाईरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रेमिका परमिता राणासंग ब्रेकअप भएपछि आयूष्मान प्रियंकासँग नजिकिएको बताईन्छ । परमिता एक मोडल हुन् जोसँग आयुष्मान लामो समयसम्म प्रेम रहे ।

यी दुईको ब्रेकअप हुनुको कारण केहीले प्रियंका भएको अड्कल काटेका छन् । तर सिने बजारमा चलेको यो हल्ला के रहेछ रु भनेर हामीले अभिनेत्री प्रियंका कार्कीसँगै बुझ्ने कोशिस गर्दा प्रियंकाले यसलाई अहिले हल्लामै छाडिदिन आग्रह गरिन् । उनले प्रेममा छु या छैन त्यस बारेमा नभन्ने र सकेसम्म अहिले आफ्ना व्यक्तिगत कुराहरुलाई सार्वजनिक गर्ने मुडमा नभएको जानकारी दिईन् । पति रोचक मैनालीसँग डिभोर्स भएपछि प्रियंकाको नाम अभिनेता अुनप विक्रम शाही र दयाहाङ राईसँग पनि जोडिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्