Logo

कसरी जुट्दै छ उम्मेदवारको चुनाव खर्च ?

योगेशबाबु काफ्ले

विजयपुर/ स्थानीय तहको निर्वाचन हुने भएपछि अहिले विभिन्न पार्टीका सम्भावित उम्मेदवारलाई चुनाव खर्चको पिरलो पर्न थालेको छ । टिकट पाउने–नपाउने तनाव भइरहेका बेला उम्मेदवारहरूलाई टिकट पाइहालेमा निर्वाचन खर्च कहाँबाट जुटाउने भन्ने अर्को टाउको दुखाइ पनि उत्तिकै बढेको छ ।
निर्वाचन आयोगले मेयर, उपमेयर तथा वडाध्यक्षका उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा नै तोकेको छ । विगतका चुनावमा पनि आयोगले खर्च–सीमा तोक्ने गरेको थियो तर यसपटक भने उम्मेदवारले सम्पत्ति विवरण पनि आयोगमा बुझाउनुपर्ने भएपछि उम्मेदवारहरूलाई थप टाउको दुखाइ भएको छ ।
आयोगले उम्मेदवारले बुझाउने सम्पत्ति विवरणलाई आधार मानेर निर्वाचनमा गरेको खर्चको स्रोत र औचित्य खोज्ने भएपछि उम्मेदवारलाई अहिले निकै तनाव भएको छ । नेकपा (एमाले) धरानका अध्यक्ष तथा एमालेका तर्फबाट मेयरको दाबेदारीमा रहेका उमेद्धार तारा सुब्बाले एमालेले चुनाब खर्चका लागि बजारमा अनाबश्यक दुख नदिने बताए । हाम्रो पार्टिको आफ्नो निती छ,हरेक चुनाबमा हामीले पार्टि च्यानलबाटै खर्च जुटाउदै आएका छौ उनले भने ।
स्थानिय तहको निर्बाचनमा स्वभाबिक रुपले खर्च बढि हुन्छ तर हामीले पार्टिको नियमित प्रकृयाबाटै खर्च उठाउछौ र खर्च गछौं सुब्बाले भने‘ एमालेका लागि चुनाबमा सहयोग गर्न बिदेशमा रहेका कमिटीहरूलेपनि सम्पर्क गरि रहेको भन्दै उनले भड्कीलो,उत्ताउलो र अनाबश्यक खर्च गर्ने पक्षमा एमाले नरहेको उनले बताए ।
सम्पती बिबरण बुझाउने बिषयमा एमालेका लागि खासै ठुलो चिन्ता नरहेको उनले बताए । उमेद्धारहरूले आफ्नो क्षमता अनुसार रकम दिनुहुन्छ, बाकी पार्टिलेका बिभिन्न तह,बिभाग र संगठनहरूबाट बैधानिक रुपमा जम्मा हुन्छ ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा माओबादीका मेयरको उमेद्धारका दाबेबादर अइन्द्रबिक्रम बेघाले आफुहरू निर्बाचन आयोगले दिएको सिमा भन्दा कम खर्चमा निर्बाचन जित्ने दाबी गरे । माओबादी केन्द्रले कार्यकर्ताबाट उठेको लेबी र शुभचिन्तक तथा सर्मथकबाट आएको सहयोगबाटै चुनाब लड्ने बताए । हामी अरु पार्टि जस्तो अनाबश्यक खर्च गर्न जान्दैनौ त्यसैले हामी खर्चको बिषयमा चिन्ता लिदैनौं ।
आफुहरूलाई सम्पती बिबरण बुझाउन कुनै आपती नभएको उनले बताए ।नेपाली काङग्रेशका नगर सभापती तिलक राईले निर्बाचन खर्च पार्टिपक्तिंबाटै म्यानेज गर्ने बताए ।
पार्टिका सदस्य र सहयोगीहरूबाट नै खर्च जुटाउने गरि हाम्रो तयारी छ,राईले भने ब्यापारी तथा ब्यबासायीहरू सँग हामी जर्बजस्ती सहयोग माग्दैनौ नेपाली काङग्रेश सम्बद्ध साथीहरूबाट आउने सहयोगलाई हामी स्वीकार गछौं । उनले निर्बाचन आयोग सहित सरकारका बिभिन्न निकायबाट आएका नियमहरूलाई मानैरै अगाडि बढ्ने बताए ।
सुनसरी उद्योग बाणिज्य सघंका अध्यक्ष राजेन्द्र शाहले भने यो बिषयमा टिमसँग सल्लाह गरेर मात्र बोल्ने बताए । उनले भने हामीले पुर्बका सुरक्षा प्रमुखहरूलाई यस बिषयमा जानकारी गराईसकेका छौं,यो बिषयमा धेरै बोल्यो भने आफैलाई आफ्टेरो पर्छ शाहले भने ।

प्रतिक्रिया दिनुहोस्