Logo

हाम्रो नेपाली समाज टेक्सासले नेपाली नयाँ वर्षको कार्यक्रम भव्यतापूर्वक गर्ने

स्तावेज संवाददाता चैत्र २७ गते मंगलवार २०७४,टेक्सस, मिकिनी – नेपालीहरू जहाँ भएपनि आफ्नो नेपाली नेपाली परम्परा क़ायम गर्न विदेशमा नेपालीपन दिन परदिन संगठित हुँदै गएका छन् । पछिल्लो समय टेक्ससमा स्थापना भएको ‘हाम्रो नेपाली समाज’ले समिति विस्तार गर्नुका साथै नेपाली नयाँ वर्षको कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

हाम्रो नेपाली समाज टेक्ससको आज बसेको बैठकले कार्य समिति विस्तार गरेको छ । समितिको अध्यक्ष केशव रेग्मीको अध्यक्षता मा बसेको बैठकले समितिको उपाध्यक्षमा सुकदेव राना महासचिवमा अनिल ओझा कोषाध्यक्षमा मन्जु काप्री र सदस्यहरूमा दीपक ढकाल श्याम नकर्मी श्याम देवकोटा सतिश अधिकारी कमल पराजुली यदु प्रसाई श्री खनाल रहनेगरी समितिलाई पूर्णता दिइएको छ ।

समितिको आज बसेको बैठकले नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम अप्रिल १५ गते प्लनोस्थित रघुनाथ मन्दिरमा आयोजना गर्ने तयारी गरेको छ । नयाँ वर्षको कार्यक्रम सम्पन्न गर्न संस्थाको महासचिव अनिल ओझाको संयोजकत्वमा दीपक ढकाल र सुकदेव राना रहेको तयारी समिति बनाएर कार्यक्रम सफल बनाउन लागि परेको समतिका संरक्षक एवं कलाकार नारायण त्रिपाठीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्