Logo

९ हजार नेपालीको ‘टीपीएस’ अनुमति खारेज, अमेरिका छाड्न १ वर्ष म्याद

स्तावेज संवादादाता,बैशाख,१५ गते शनिवार २०७५,काठमाण्डौं – अमेरिकाले नेपालीहरुलाई दिँदै आएको अस्थायी बसोवास अनुमति खारेज गरेको छ । त्यहाँको गृहमन्त्रालयले बिहीवार तीन वर्षदेखि उपलब्ध गराउँदै आएको अस्थायी सुरक्षा स्थिति (टीपीएस) खारेज गरेको हो । टीपीएसको हैसियत जुन २४ मा सकिँदैछ ।

यद्धपि, अमेरिका बस्ने अन्य कानूनी हैसियत प्राप्त गर्न वा अमेरिका छाड्न सन् २०१९ को जुन २४ सम्मको म्याद दिइएको गृहमन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा गृहमन्त्री क्रिस्ट्जेन नेल्सनले बताएकी छिन् । २०१५ को भूकम्पयता नेपालीहरुको स्थितिमा उल्लेख्य सुधार आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकाले तीन वर्ष अघि भूकम्प गएलगत्तै गैरकानूनी रुपमा अमेरिका छिरेका र कानूनी रुपमा छिरेपनि सो हैसियत गुमाएका करीब १५ हजार नेपालीहरुलाई टीपीएस उपलब्ध गराएको थियो । हाल अमेरिकामा टीपीएसको हैसियतमा करीब ९ हजार नेपाली बस्दै आएका छन् ।

        एजेन्सी

प्रतिक्रिया दिनुहोस्