Logo

स्वीफ्ट ह्याकिङ बारे अन्तर्राष्ट्रिय विज्ञको ‘लेक्चर’, ह्याकिङबाट बच्ने यी हुन् उपाय

स्तावेज,कार्तिक २६ गते आईतवार , २०७४ – सूचना प्रविधिको विकाससँगै स्वीफ्ट ह्याकिङको जोखिम विश्वव्यापी रुपमा रहेको भन्दै वैंकिङ सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय विज्ञले सुझाब दिएका छन्।

मस्रेक बैंकले आइतबार बैंकरलार्इ स्वीफ्ट ह्याकिङ बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सूचना प्रविधि विज्ञले ह्याकिङबाट बच्ने उपाय बारेमा जानकारी दिएका थिए। बैंकका सूचना प्रविधि विज्ञ समिर वेदीले स्वीफ्ट ह्याकिङ विश्वकै केन्द्रीय बैंकहरुमा टाउको दुखार्इको विषय बनेको बताए।

तिहारको समयमा एनआर्इसी एशिया बैंकको समेत स्वीफ्ट ह्याक गरेर रकम ट्रान्सफरको प्रयास भएको थियो।एनआर्इसी एशिया बैंक र नेपाल राष्ट्र बैंकको संयुक्त प्रयासबाट ठूलो रकम ह्याकरले लैजान भने पाएन। ‘विश्वमा नै ह्याकरको संजाल रहेको र उनीहरुले समानान्तर रुपमा आ-आफ्नो सञ्जाल विस्तार गरेका छन्।ह्वाइट ह्याकर, ग्रे ह्याकर र ब्ल्याक ह्याकरले विश्वकै केन्द्रीय बैंकको टाउको दुखार्इको विषय भएको छ,उनले भने।बेदीले ह्याकरबाट कसरी जोगिने बारेमा टिप्स समेत दिएका थिए।

उनका अनुसार ह्याकरले पहिला सिस्टम कन्ट्रोल गर्न भाइरस पठाउँछ।‘भाइसले उक्त कम्प्युटर तथा सिस्टम नै आफ्नो नियन्त्रणमा लिन सक्छ। जसमा सम्वन्धित बैंकले केही पनि गर्न सक्दैन, बेदीले भने, ‘नियन्त्रणमा लिएसँगै सम्पूर्ण कम्प्युटर प्रोग्राम ह्याकरले सजिलै उसको पहुँचमा लिएर काम गर्न सक्छ।‘

उनका अनुसार ह्याकरले विभिन्न तरीकाले भाइरस पठाउने र त्यसका लागि बैंकको सूचना प्रविधि हेर्ने व्यक्ति चनाखो हुनुपर्छ।बैंकले ट्रेजरीमा कसरी लगानी गर्ने बारेमा पनि बैंकरहरुलार्इ जानकारी गराएको थियो।फण्डमा लगानी गर्दा सुरक्षित फण्डमा मात्र लगानी गर्न बैंकले सुझाब दिएको थियो।

मस्रेकले नेपालमा अनौपचारीक रुपमा सन् २००४ र नेपाल राष्ट्र बैंकको अनुमती पाएर सन् २०१० देखि अन्तराष्ट्रिय बैंकिङको सहजकर्ताको काम गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्